Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday 8 October 2012

प्राथमिक बिद्यालय स्थापनामा सहयोग गर्नेहरु सम्मानित

प्राथमिक बिद्यालय स्थापनामा सहयोग गर्नेहरु सम्मानित



रोल्पा, असोज २२
२०५२ सालमा स्थापित जनज्योति प्राथमिक बिद्यालय सरुवा भावाङको स्थापना गर्नेहरुलाई आज सम्मान गरिएको छ । सम्मानित  हुनेहरुमा तत्कालिन संस्थापक अध्यक्ष बिरबहादुर बुढा, सदस्यहरु मनप्रसाद घर्ति, नदी परियार, मनप्रसाद बुढा, लुद्रबहादुर घर्ति भोजमन बुढा लगायत रहनुभएको छ ।
कार्यक्रममा बिद्यालय स्थापनाकालदेखि अहिलेसम्मका बिद्यालय ब्यवस्थापन समिति प्रतिनिधि र बिद्यालय सम्बन्धी विभिन्न आर्थिक तथा जिन्सी समानहरुमा उच्चतम सहयोग गर्नुहुने सहयोगदाता गरी चालिस जनालाई सम्मान पत्र सहित प्रमुख अतिथिले सम्मान गर्नुभएको  गर्नुभएको थियो ।

भावाङका स्थानियहरुले आर्थिक संकन गरी सानो छाप्रोबाट स्थानीय अगुवाहरुले कक्षा १ हुँदै ३ कक्षासम्म  बिद्यालयको सुरुवात गरेका थिए । एउटै छाप्रोलाई तीन खण्डमा बिभाजन गरी कठिनपूर्ण अबस्थाबाट स्थापना गरिएको उक्त बिद्यालयमा अहिले कक्षा पाँचसम्म पढाई संचालन हुँदै आएको छ ।
बिद्यालयले २०५७ सालपछिमात्रै स्वीकृति पाएको थियो । हाल बिद्यालयमा अस्थायी १ रहात १ , निजिस्रोतबाट २ र  बालबिकास १ जना गरी जम्मा ५ जना शिक्षक शिक्षिका कार्यरत रहेको स्थानीय हुमप्रसाद बाँठाले जानकारी दिनुभयो ।  

आज एक कार्यक्रमका बिच बिशिष्ट अतिथि एमाओवादी आरबिएम हरिसरा घर्ति टिका, माबि भावांगका शिक्षक रणबहादुर डाँगि प्रमुख अतिथि , बिव्यास अध्यक्ष लोकेन्द्र बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य सचिव चन्द्र बहादुर घर्तिले गर्नुभएको थियो ।

साथै कार्यक्रममा बिद्यालयको आर्थिक बर्ष २०६८ ÷६९ को बार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । जस अनुसार आयतर्फ ७ लाख ९७ हजार ८ सय ५५ र ब्यय तर्फ ५ लाख ८ ८ हजार ५ सय ११ रुपैँया रहेको छ ।

कार्यक्रममा हरियाली आमा समूह र बिद्यार्थीहरुले बिभिन्न आकर्षक गित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थी, अभिभावक, अतिथि, बुद्धिजीवि गरी करिब २५० जनाको उपस्थिति रहेको  शिक्षक अभिभावक संघका अध्यक्ष हुमप्रसाद बाठामगरले जानकारी दिनुभयो ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

1 comment

  1. बिपी कोइराला को नेपालको पर्ती महत्वपूर्ण भूमिका लाइ सकारात्मक रुपान्तरण रहेको छ ! वाह ले स्वर्गीय श्री जीपी कोइराला बिशेपर्ती ध्यानाकर्षण गर्न सबै राजनितिक पार्टी लाइ सजग सहज गर्नु भएको थियो ! तर नेपालका राजनीतिक उक्त सुझावहरु को अवहेलना गरेका छन् !दिनेश डाँगी इंडिया बाट ?

    ReplyDelete

radijaljalanews@gmail.com