Loading

Community Radio Jaljala FM 96.4 MHz

Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Trendiest Photography in DSLR Style

Trendiest Photography in DSLR Style
Trendiest Photography in DSLR Style becoming trendy for all girls who want to be on the magazine cover and billboard...

Templatesilk

Artikel schreiben die Haupt Seele in Ihrem Blog Laden und vor allem, wenn Sie einen Artikel schreiben ausgeführt werden, weil Sie dieses berühmte Zitat hören würde.More

Latest Photography

Tuesday 18 December 2012

सामुदारिक रेडियो जलजला एफएम रोल्पाको प्रस्तुति 'त्रिबेणी..


कार्यकम त्रिबेणी सामुदायिक रेडियो जलजला एफएम ९६.४ मेगाहर्जको आफ्नै प्रस्तुती हो, यो कार्यक्रम प्रस्तोता अमरजित पुनमगर मार्फत हरेक हप्ताको शनिबार राति बिबिसी नेपाली सेवा पश्चात ९:१५ देखि करिब १० बजे सम्म तपाई अनलाइन मार्फत र फ्रेक्युन्सी बाट कार्यक्रम 'त्रिबेणी' सुन्न सक्नु हुनेछ। तपाई यो कार्यक्रमलाई हाम्रो रेडियोको ब्लग साइट www.radiojaljala.blogspot.com बाट सिधै लाइभ अनि रेकर्डलाई सुन्न र डाउनलोद गर्न पनि सक्नु हुनेछ, भने लाइभ सुन्नलाई www.radiojaljala.org लगअन गरेर हामीलाई सुन्न सक्नु हुनेछ। 
कार्यक्रम 'त्रिबेणी' तपाइको आफ्नै कार्यक्रम हो, जहाँ तपाई हाँस्न सक्नु हुन्छ, रुन सक्नु हुन्छ। अनि जहाँ तपाई जिन्दगीका तिता मिठा अनुभुती र भोगाइहरु साट्न सक्नु हुन्छ। अनि सुख दुःख बाड्न सक्नु हुन्छ। आउनुहोस तपाई पनि आफ्नो मनका यिनै दर्द र पिडाहरुलाई कथा, संस्मरण अनुभूति, शब्द चित्र, आत्म वृतान्त आदिको माध्यम बाट हामीलाई लेखि पठाउनुहोस् । तपाइको त्यी पिडा हामी हजारौं स्रोताहरुको माझमा पुर्याउने छौं। अनि यस पटकको कथा रोल्पाली युबा स्रष्टा नवराज बुढा 'नवीन उदासी'को कथा प्रबासी जीवनलाई स्थान दिएका छौं। सुन्नलाई तलको लिंकमा जानु होला। 


पत्राचार ठेगाना:
कार्यक्रम त्रिबेणी 
सामुदायिक रेडियो जलजला एफएम ९६.४ मेगाहर्ज 
लिवाङ-६ रोल्पा 


Listen: Below
Download: Download Tribeni

Monday 5 November 2012

राजनीतिक सहमित अनुसार नै बजेट आउछः अर्थमन्त्री पुन


राजनीतिक सहमित अनुसार नै बजेट आउछः अर्थमन्त्री पुन
अमरजित पुन मगर, रोल्पा, २० कार्तिक, 
अर्थमन्त्री वर्षमान पुन अनन्तले राजनीतिक सहमतिअनुसार नै पूर्ण बजेट प्रस्तुत हुने बताउनु भएको छ । यसका लागि विपक्षी दलहरुसँग निरन्तर छलफल भइरहेको र सहमति पनि हुने उहाँले जानकारी दिनु भयो । आज रोल्पाको माडी खोला पुलको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यही कात्तिक महिनाको मसान्तसम्म पूर्ण आकारको बजेट ल्याउने तयारी भइरहेको बताउनु भयो ।
अध्यादेश पारित नगरे सामान्य जनतादेखि राष्ट्रपतिको चुलोसम्म आगो बल्न गाह्रो हुने भएकोले पनि बजेट आउनै पर्ने जिकिर गर्नु भयो । आर्थिक सूचकाङ्क राम्रो भए पनि पूर्ण आकारको बजेट नभएकोले थप समस्या भएको टिप्पणी गर्दै कुनै पनि हालतमा सहमति गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । कुनै एक दल सरकारमा सहभागि भएपछि अर्को विपक्षमा बसेकाहरुले बिरोध गर्नै पर्ने संस्कार बसेकोले अहिले पनि त्यसकै उपज भएको हुँदा सहमतिमा आउन नसकेको उहाँले बताउनु भयो ।
७२.२० मिटर लम्बाई, ७.२० मिटर चौडाई भएको पुलको शिलान्यास गर्दै उहाँले नयाँ आर्थिक बर्षसम्म निर्माण कार्य सम्पन्न भईसक्ने जानकारी दिनु भयो । जिल्लाकै सामरीक महत्वको पुल भएकोले बिकास निर्माणमा सबै सरोकारवाला एक हनु पर्नेमा जोड दिदै बजेटमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । रु. ३ करोड ९ लाख ४१ हजारको बजेटमा निर्माण हुने पुल २०६९ असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सम्झौता गरिए पनि सर्वे डिजाईनमा केही कमजोरी भएकोले पछिल्लो दोस्रो पटक लागत स्टीमेट गरी निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले राजनीतिक गल्ती सच्याउन सकिने तर आर्थिक गल्ती सच्याउन गाह्रो हुने भएकोले विपक्षी दलहरुले पनि बजेटका लागि सहमतिमा आउनु पर्ने बताउनु भयो । बजेट नहुँदा देशको अर्थतन्त्र धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्ति गर्दै उहाँले सहमतिको बिकल्प नभएको बताउनु भयो । पुल निर्माणको जिम्मा लामा ए.डी. एण्ड धर्मेन्द्र जे.भि. ले लिएको छ भने इष्ट कन्सन्ट प्रा.लि.ले डिजाइनको जिम्मा लिएको पहिलो सर्वेमा डिभिजन कार्यालय चकचके प्यूठान र ठेकदार बसन्त जि.सी बीचमा ३ करोड ६८ लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । यो माडिखोला पुल निर्माण भएमा रोल्पा जिल्लाका २२ वटा गाविस, सल्यान, रुकुम र दाङ जिल्लाका नागरिकहरु प्रत्यक्षरुपमा लाभाविन्त हुने छन् ।
हालसम्म पुल नहुँदा र अस्थायी पुल पनि नबनाउँदा जिल्लाका तथा आसपासका नागरिकहरु मर्कामा परेका छन् । यातायातका साधनहरु पनि वारपार हुन नसक्दा यातायातका साधनहरु दाङबाट घुम्नु पर्ने बध्यता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि एवं भौतिक योजना निर्माण मन्त्री हृदेश त्रिपाठीले पुल निर्माणका लागि कुनै पनि शंका नगरी ढुक्क हुन आग्रह गर्नु भयो । उहाँले  पुल अनिवार्य रुपमा निर्माण हुने भन्दै  बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो । प्रतिक्षाको लामो समयपछि पुल निर्माण हुने भएपछि रोल्पाबासी हर्षित भएपनि अझै पनि पुल नबन्ने होकी भन्ने आशंका भने त्यति कै रहेको उनीहरु बताउँछन् ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो भने स्थानीय बासिन्दाहरुले बाजागाजा र फुलमाला सहित स्वागत गरेका थिए । मन्त्रीहरुले सोमबारनै रोल्पाको दोस्रो गाबिसको रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको राङकोट गाबिसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुका साथै पूर्वीरोल्पाको सुलिचौर फुलिबन सडक खण्डको निरक्षण समेत गर्नु भएको छ । टोलीमा पूर्व युवा तथा खेलकुद मन्त्री ओनसरी घर्ति, भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव तुल्सी प्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो ।

Monday 8 October 2012

थबाङमा कर्मचारीहरुको भेला सम्पन्न

रोल्पा, असोज २२
नेकपा माओबादी निकट शिक्षक बुद्विजिवी कर्मचारीहरुको अन्तरक्रिया आज रोल्पाको थबाङमा सम्पन्न भएको छ । गाबिसमा रहेका शिक्षक, बुद्विजिवी, कर्मचारीको सहभागितामा कार्यक्रम भएको हो ।
मगराँत राज्य समिति सदस्य प्रतावको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ६१ जना शिक्षक बुद्विजिवी कर्मचारीहरुको सहभागिता रहेको माओबादी थाबाङले जनाएको छ ।
प्रचण्ड बाबुरामले पार्टी र जनतालाई ठुलो ढोका दिएको, काग्रेस एमाले संग घुडा टेक्न पुगको, बिभिन्न राष्ट्र घाति सन्धी संझौता गरेकोले आफुहरु एकिकृत नेकपा माओबादीमा नजाने बताएका छन् ।  अहिले विभिन्न भ्रमहरु छर्दै हडिेकोले कसैको भ्रममा नपर्न समेत आग्रह गरिएको छ ।
अजय घर्तिले संचालन गर्नु भएको कार्यक्रमले थबाङमा एकिकृत नेकपा माओबादीले संगठन बनाएको हल्ला आएकोले अहिले सम्म थबाङमा कसैले पनि संगठन नबनाएको स्पष्ट पारेको छ ।
उदासी'

नागरिक संगठनहरुको सहभागिता सवलीकरण परियोजना



रोल्पा, असोज २२
नेपालको आर्थिक तथा सार्वजनिक बित्तीय शासन सुधारका लागि नागरिक संगठनहरुको सहभागिता सवलीकरण परियोजना सार्वजनिक क्षेत्र बिकास प्रकृया अनुगमन सम्बन्धी २ दिने जिल्ला स्तरिय तालिम शुरुभएको छ ।
गैर सरकारी संस्था महासंघ रोल्पाको आयोजनामा युरोपियन युनियन को आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
रोल्पाको लिबाङ स्थित जि एम गेष्ट हाउसमा भएको तालिमको सहजीकरण गैर सरकारी संस्था महासंघ रोल्पाका सचिव महेस न्यौपाने, हरप्लेस रोल्पाका कार्यक्रम  संयोजक  खेम बहादुर बुढामगर लगायतले गर्नुभएको छ ।
आज सम्म हुने तालिममा रोल्पा जिल्लाका ५ गाबिसका नागरिक संजालका प्रतिनिधि, जिल्लाका बिभिन्न सन्चार माध्यममा कार्यरत सन्चारकर्मी, गैर सरकारी संस्था महासंघ रोल्पाका सदस्य तथा प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

तालिमको सन्चालन परियोजनाका संयोजक देव वलीले गर्नुभएको थियो । अबका दिनमा बिकास निमाण्ाँका कार्यक्रम जनता केन्द्रित ,सहभागिता मुलक कार्यक्रम र पारदर्शितामुलक , सुशासनमुखी संरचनाको स्थापना गर्नकालागि नागरिक सन्जालका सदस्यलाई आत्म निर्भर बनाउने उदेश्यले यस तालिमको आयोजना गरिएको आयोजकले बताएको छ ।

काठेपुल निमाणर््ामा सरोवला निकायको बेवास्ता स्थानिय मर्कामा



रोल्पा, असोज २२
पश्चिम रोल्पाको राङकोट र राङसी गाबिसको सिमानामा पर्ने २ खोली स्थित कोठेपुल जिर्ण भएपछि त्यस क्षेत्रका स्थानिय मर्कामा परेका छन् । पुल जिर्ण बनेपछि २ खोलीदेखि राङसी कुरेली र राङकोट गाबिस आवत जावत गर्ने स्थानियहरुलाई कठिनाई भएको हो ।

२०६६ सालमा राङकोट र राङसीका स्थानिय सर्वसाधरणको करिब १ लाख ५० हजार बराबरको श्रमदानबाट काठेपुल निर्माण गरिएको थियो । पुलमा प्रयोग गरिएका काठहरु जिर्ण बन्दै गएपछि स्थानियलाई पुल तर्न कठिनाई भएको छ ।

दुईखोली खोलामा तत्काल पुल नबन्दा राङसी, ईरिबाङ लगायतका स्थानियहरुलाई दुईखोली बजारबाट खाद्यान्न, किराना सामानहरु ढुवानि गर्न असहज भएको भन्दै स्थानियहरुले गुनासो गरेका छन् ।

ईरबाङ, राङकोट, राङसीि र कुरेली गाबिसलाई सहज हुने गरी ईरिबाङ २ खोलीमा फलामे पुलको सरोकारवाला तथा सम्बन्धित पक्ष संग माग गर्ने स्थानिय राजनैतिक दलका प्रतिनिधि र सर्व साधारणले बताएका छन् ।

पुल भत्केकोले राङसी, कुरेली, राङकोटका स्थानियबासी भने लामोदुरी पार गरी ईरिबाङ चक्कादेखि र राङकोट ढाङढुङ बाट आवत जावत गर्न कठिनाई भएको हाम्रा प्रतिनिधि पहलमान डांगीले बताउनुभयो ।

सडक खुले पछि स्थानिय हर्षित



रोल्पा, असोज २२
बर्षा याम संगै अबरुद्व भएको प्यूठान स्वर्गद्वारी चल्ने सडक पुण सुचारु भएको छ । बिभिन्न ठाउँबाट स्वर्गद्वारी दर्शनको लागि जाने आन्तरीक तथा बाह्य पर्टहरु पनि हर्षित बनेको स्थानियहरुले बताएका छन् ।

बर्षायाम सूरु भए संगै गत असार देखि सडक पूर्ण रुपमा अबरुद्व भएको थियो । अहिले सडक सन्चालन आएपछि स्थानियहरु बिभिन्न कामकाजको लागि सदरमुकाम जाने आउने समेत सहज बनेको स्थानिय मोहन पोख्रेलले बताउनु भयो ।
सानो कामको लागि पनि घण्टौ पैदल यात्रा गरेर बजार सम्म पुग्नु पर्ने अबस्था हुदा स्थानियहरुले निकै सास्ती खेप्नु परेपनि अहिले सडक सुचारु हुदा स्थानिय निकै हर्षित बनेको प्रोख्रेलले बताउनु भयो ।

बर्षाका कारण प्यूठान खलङगा देखि स्वर्गद्वारी खाल हुदै मसोट सम्म जाने सडक अबरुद्व भएको थियो ।
पश्चिम रोल्पाको ओतमा भाईरल ज्वरोको समस्या