Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday 8 October 2012

थबाङमा कर्मचारीहरुको भेला सम्पन्न

थबाङमा कर्मचारीहरुको भेला सम्पन्न

रोल्पा, असोज २२
नेकपा माओबादी निकट शिक्षक बुद्विजिवी कर्मचारीहरुको अन्तरक्रिया आज रोल्पाको थबाङमा सम्पन्न भएको छ । गाबिसमा रहेका शिक्षक, बुद्विजिवी, कर्मचारीको सहभागितामा कार्यक्रम भएको हो ।
मगराँत राज्य समिति सदस्य प्रतावको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ६१ जना शिक्षक बुद्विजिवी कर्मचारीहरुको सहभागिता रहेको माओबादी थाबाङले जनाएको छ ।
प्रचण्ड बाबुरामले पार्टी र जनतालाई ठुलो ढोका दिएको, काग्रेस एमाले संग घुडा टेक्न पुगको, बिभिन्न राष्ट्र घाति सन्धी संझौता गरेकोले आफुहरु एकिकृत नेकपा माओबादीमा नजाने बताएका छन् ।  अहिले विभिन्न भ्रमहरु छर्दै हडिेकोले कसैको भ्रममा नपर्न समेत आग्रह गरिएको छ ।
अजय घर्तिले संचालन गर्नु भएको कार्यक्रमले थबाङमा एकिकृत नेकपा माओबादीले संगठन बनाएको हल्ला आएकोले अहिले सम्म थबाङमा कसैले पनि संगठन नबनाएको स्पष्ट पारेको छ ।
उदासी'
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com