Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday 8 October 2012

नागरिक संगठनहरुको सहभागिता सवलीकरण परियोजना

नागरिक संगठनहरुको सहभागिता सवलीकरण परियोजना



रोल्पा, असोज २२
नेपालको आर्थिक तथा सार्वजनिक बित्तीय शासन सुधारका लागि नागरिक संगठनहरुको सहभागिता सवलीकरण परियोजना सार्वजनिक क्षेत्र बिकास प्रकृया अनुगमन सम्बन्धी २ दिने जिल्ला स्तरिय तालिम शुरुभएको छ ।
गैर सरकारी संस्था महासंघ रोल्पाको आयोजनामा युरोपियन युनियन को आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
रोल्पाको लिबाङ स्थित जि एम गेष्ट हाउसमा भएको तालिमको सहजीकरण गैर सरकारी संस्था महासंघ रोल्पाका सचिव महेस न्यौपाने, हरप्लेस रोल्पाका कार्यक्रम  संयोजक  खेम बहादुर बुढामगर लगायतले गर्नुभएको छ ।
आज सम्म हुने तालिममा रोल्पा जिल्लाका ५ गाबिसका नागरिक संजालका प्रतिनिधि, जिल्लाका बिभिन्न सन्चार माध्यममा कार्यरत सन्चारकर्मी, गैर सरकारी संस्था महासंघ रोल्पाका सदस्य तथा प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

तालिमको सन्चालन परियोजनाका संयोजक देव वलीले गर्नुभएको थियो । अबका दिनमा बिकास निमाण्ाँका कार्यक्रम जनता केन्द्रित ,सहभागिता मुलक कार्यक्रम र पारदर्शितामुलक , सुशासनमुखी संरचनाको स्थापना गर्नकालागि नागरिक सन्जालका सदस्यलाई आत्म निर्भर बनाउने उदेश्यले यस तालिमको आयोजना गरिएको आयोजकले बताएको छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com