Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday 8 October 2012

काठेपुल निमाणर््ामा सरोवला निकायको बेवास्ता स्थानिय मर्कामा

काठेपुल निमाणर््ामा सरोवला निकायको बेवास्ता स्थानिय मर्कामा



रोल्पा, असोज २२
पश्चिम रोल्पाको राङकोट र राङसी गाबिसको सिमानामा पर्ने २ खोली स्थित कोठेपुल जिर्ण भएपछि त्यस क्षेत्रका स्थानिय मर्कामा परेका छन् । पुल जिर्ण बनेपछि २ खोलीदेखि राङसी कुरेली र राङकोट गाबिस आवत जावत गर्ने स्थानियहरुलाई कठिनाई भएको हो ।

२०६६ सालमा राङकोट र राङसीका स्थानिय सर्वसाधरणको करिब १ लाख ५० हजार बराबरको श्रमदानबाट काठेपुल निर्माण गरिएको थियो । पुलमा प्रयोग गरिएका काठहरु जिर्ण बन्दै गएपछि स्थानियलाई पुल तर्न कठिनाई भएको छ ।

दुईखोली खोलामा तत्काल पुल नबन्दा राङसी, ईरिबाङ लगायतका स्थानियहरुलाई दुईखोली बजारबाट खाद्यान्न, किराना सामानहरु ढुवानि गर्न असहज भएको भन्दै स्थानियहरुले गुनासो गरेका छन् ।

ईरबाङ, राङकोट, राङसीि र कुरेली गाबिसलाई सहज हुने गरी ईरिबाङ २ खोलीमा फलामे पुलको सरोकारवाला तथा सम्बन्धित पक्ष संग माग गर्ने स्थानिय राजनैतिक दलका प्रतिनिधि र सर्व साधारणले बताएका छन् ।

पुल भत्केकोले राङसी, कुरेली, राङकोटका स्थानियबासी भने लामोदुरी पार गरी ईरिबाङ चक्कादेखि र राङकोट ढाङढुङ बाट आवत जावत गर्न कठिनाई भएको हाम्रा प्रतिनिधि पहलमान डांगीले बताउनुभयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com