Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday 5 November 2012

राजनीतिक सहमित अनुसार नै बजेट आउछः अर्थमन्त्री पुन

राजनीतिक सहमित अनुसार नै बजेट आउछः अर्थमन्त्री पुन


राजनीतिक सहमित अनुसार नै बजेट आउछः अर्थमन्त्री पुन
अमरजित पुन मगर, रोल्पा, २० कार्तिक, 
अर्थमन्त्री वर्षमान पुन अनन्तले राजनीतिक सहमतिअनुसार नै पूर्ण बजेट प्रस्तुत हुने बताउनु भएको छ । यसका लागि विपक्षी दलहरुसँग निरन्तर छलफल भइरहेको र सहमति पनि हुने उहाँले जानकारी दिनु भयो । आज रोल्पाको माडी खोला पुलको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यही कात्तिक महिनाको मसान्तसम्म पूर्ण आकारको बजेट ल्याउने तयारी भइरहेको बताउनु भयो ।
अध्यादेश पारित नगरे सामान्य जनतादेखि राष्ट्रपतिको चुलोसम्म आगो बल्न गाह्रो हुने भएकोले पनि बजेट आउनै पर्ने जिकिर गर्नु भयो । आर्थिक सूचकाङ्क राम्रो भए पनि पूर्ण आकारको बजेट नभएकोले थप समस्या भएको टिप्पणी गर्दै कुनै पनि हालतमा सहमति गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । कुनै एक दल सरकारमा सहभागि भएपछि अर्को विपक्षमा बसेकाहरुले बिरोध गर्नै पर्ने संस्कार बसेकोले अहिले पनि त्यसकै उपज भएको हुँदा सहमतिमा आउन नसकेको उहाँले बताउनु भयो ।
७२.२० मिटर लम्बाई, ७.२० मिटर चौडाई भएको पुलको शिलान्यास गर्दै उहाँले नयाँ आर्थिक बर्षसम्म निर्माण कार्य सम्पन्न भईसक्ने जानकारी दिनु भयो । जिल्लाकै सामरीक महत्वको पुल भएकोले बिकास निर्माणमा सबै सरोकारवाला एक हनु पर्नेमा जोड दिदै बजेटमा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । रु. ३ करोड ९ लाख ४१ हजारको बजेटमा निर्माण हुने पुल २०६९ असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सम्झौता गरिए पनि सर्वे डिजाईनमा केही कमजोरी भएकोले पछिल्लो दोस्रो पटक लागत स्टीमेट गरी निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले राजनीतिक गल्ती सच्याउन सकिने तर आर्थिक गल्ती सच्याउन गाह्रो हुने भएकोले विपक्षी दलहरुले पनि बजेटका लागि सहमतिमा आउनु पर्ने बताउनु भयो । बजेट नहुँदा देशको अर्थतन्त्र धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्ति गर्दै उहाँले सहमतिको बिकल्प नभएको बताउनु भयो । पुल निर्माणको जिम्मा लामा ए.डी. एण्ड धर्मेन्द्र जे.भि. ले लिएको छ भने इष्ट कन्सन्ट प्रा.लि.ले डिजाइनको जिम्मा लिएको पहिलो सर्वेमा डिभिजन कार्यालय चकचके प्यूठान र ठेकदार बसन्त जि.सी बीचमा ३ करोड ६८ लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । यो माडिखोला पुल निर्माण भएमा रोल्पा जिल्लाका २२ वटा गाविस, सल्यान, रुकुम र दाङ जिल्लाका नागरिकहरु प्रत्यक्षरुपमा लाभाविन्त हुने छन् ।
हालसम्म पुल नहुँदा र अस्थायी पुल पनि नबनाउँदा जिल्लाका तथा आसपासका नागरिकहरु मर्कामा परेका छन् । यातायातका साधनहरु पनि वारपार हुन नसक्दा यातायातका साधनहरु दाङबाट घुम्नु पर्ने बध्यता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि एवं भौतिक योजना निर्माण मन्त्री हृदेश त्रिपाठीले पुल निर्माणका लागि कुनै पनि शंका नगरी ढुक्क हुन आग्रह गर्नु भयो । उहाँले  पुल अनिवार्य रुपमा निर्माण हुने भन्दै  बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो । प्रतिक्षाको लामो समयपछि पुल निर्माण हुने भएपछि रोल्पाबासी हर्षित भएपनि अझै पनि पुल नबन्ने होकी भन्ने आशंका भने त्यति कै रहेको उनीहरु बताउँछन् ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो भने स्थानीय बासिन्दाहरुले बाजागाजा र फुलमाला सहित स्वागत गरेका थिए । मन्त्रीहरुले सोमबारनै रोल्पाको दोस्रो गाबिसको रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको राङकोट गाबिसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुका साथै पूर्वीरोल्पाको सुलिचौर फुलिबन सडक खण्डको निरक्षण समेत गर्नु भएको छ । टोलीमा पूर्व युवा तथा खेलकुद मन्त्री ओनसरी घर्ति, भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव तुल्सी प्रसाद सिटौला लगायतको सहभागिता रहेको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com