काठमाडौँ, भदौ २६ (नागरिक) - विश्व क्रिकेट लिग डिभिजन ४ का सबै पाँच खेल र फाइनल जितेर लिग च्याम्पियन बन्दै स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ। टोलीलाई विमानस्थलको विशिष्ट कक्षबाट भित्र्याइएको छ। टोलीको स्वागतका लागि सांस्कृतिक बाजागाजासहितको टोली पुगेको छ।
नेपाललाई गौरवशाली र ऐतिहासिक जित दिलाएको भन्दै सामाजिक सञ्जालका साइटहरुमा टोलीलाई स्वागत गर्न विमानस्थल जान फ्यानहरुले बिहानैदेखि आह्वान गरेका थिए।
यो नेपाली राष्ट्रिय टोलीको अहिलेसम्मकै ठूलो सफलता हो। नेपाली राष्ट्रिय टोलीले विदेशी भूमिमा जितेको यो पहिलो र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को दोस्रो उपाधि हो। दुई वर्षअघि काठमाडौंमै डिभिजन ५ को उपाधि जित्नेक्रममा पनि नेपालले अमेरिकालाई नै फाइनलमा ५ विकेटले पराजित गरेको थियो।
No comments:
Post a Comment
radijaljalanews@gmail.com