कालिकोट, भाद्र २६
कालिकोटको पाखा गाविस १ विर्तामोडमा गएराति भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कालीकोटबाट जुम्ला जॉदै गरेको कर्णाली यातायातको ना ४ ख ६८७७ नम्बरको बस गएराति करिब ११ बजे पाँखा गाविस १ बिर्तामोड भन्ने ठाउ‘मा दुर्घटनामा परेको थियो ।
करिब ६ सय मिटर तल तिला नदीमा बस खसेको थियो । दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् भने ५ जना हाम फालेर बाँच्न सफल भएका छन् ।
घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा एम्बुलेन्सबाट ल्याइएको छ भने बाँकी घाइतेको उद्वार जारी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभएको छ । नेपाली सेना र प्रहरीको टोलीले उद्वार जारी राखेको छ ।

No comments:
Post a Comment
radijaljalanews@gmail.com