Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

नेकपा-माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो

नेकपा-माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो



२५ भदौ, काठमाडौं । नेकपा-माओवादीले राष्ट्रियता, जततन्त्र र जनजीविकासम्वन्धी ७० बुँदे माग सरकारलाई बुझाएको छ ।
रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्यालीसहित सिहदरवार पुगेर माओवादी उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इलार्इ मागपत्र बुझाएका हुन् ।
माग पत्र बुझ्दै भट्टरार्इले जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले केही माग क्रान्ति पुरा भएपछि मात्र हुने भन्दै अहिले प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिको काम भारतलार्इ तथा विप्पाबारे नेकपा-माओवादीले प्रष्ट नबुझेरै विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।
माग पत्र बुझाएपछि माओवादी उपाध्यक्ष गजुरेलले ७० बुँदेमाग पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले नजनाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
२०५२ सालमा सशस्त्र विद्रोह सुरू गर्नु अघि भट्टरार्इकै नेतृत्वमा तत्कालिन सरकारलार्इ बुझाएको ४० बुँदे मागमा थपघट गरेर नेकपा–माओवादीले ७० बुँदे माग तयार गरेको छ । ४० बुँदे माग राख्ने बाबुराम प्रधानमन्त्री हुँदा समेत मागहरू पूरा नहुनु दुर्भाग्यपूर्ण भएको नेकपा-माओवादीका नेताहरूले बताएका छन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com