Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

त्रिभुवन जनता उच्च माध्यामिक बिद्यालय मसिकोटको बार्षिक उत्सव शुरु

त्रिभुवन जनता उच्च माध्यामिक बिद्यालय मसिकोटको बार्षिक उत्सव शुरु



रुकुम, भदौ २५
त्रिभुवन जनता उच्च माध्यामिक विद्यालय मुसिकोट खलंगा रुकुमले आफ्नो ६१ औं वार्षिकउत्सव मनाउन शुरु गरेको छ । वार्षिकउत्सवको अवसरमा विद्यालयले साहित्यक तथा खेलकुद लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

आउंदो असोज १ गते सम्म सरसफाई, साहित्यक, खेलकुद र मंचको कार्यक्रम गरिने प्राचार्य मिनवहादुर पुनले जानकारी दिनुभयो । विद्यालयले हिजो सरसफाई कार्यक्रम सम्पन्न गरिसकेको वताइएको छ ।

प्राचार्य पुनका अुनसार आजदेखी ३० गतेसम्म साहित्यक कार्यक्रम, आजदेखी ३१ गतेसम्म खेलकुद कार्यक्रम र असोज १ गते विहान ११ वजेदेखी मंचको कार्यक्रम हुने छन् ।

मंचको कार्यक्रममा नगर परिक्रमा, छात्रवृत्ति प्रदान र सम्मान कार्यक्रम गरिनेछ । त्यस्तै विविध साँस्कृतिक प्रस्तुती पनि रहने विद्यालयले वताएको छ ।।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com