रुकुम भदौ २५
नेपाली कांग्रेस रुकुमको पाँचौं जिल्ला अधिवेशन पछिको दोश्रो जिल्ला सम्मेलन आज दोश्रो दिन पनि जारी छ । कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले हिजो उद्घाटन गरेको अधिवेशनमा आज बन्द शत्र चलीरहेको छ ।
सदरमुकाम खलंगा स्थित बाल मन्दिर हलमा जारी बन्द शत्रले कांग्रेसको विगतका निति कार्यक्रमको समिक्षा तथा आगामि निति कार्यक्रम तय गर्ने काँग्रेसले वताएको छ ।
बन्द शत्रमा सभापति मानवहादुर नेपाली र सचिव हर्कसिङ खत्रीले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथिको छलफल भइरहेको बताइएको छ ।
त्यस्तै कोषाध्यक्ष गंजसिंह वुढाले पेश गरेको आर्थिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । तीन वटै प्रतिवेदनलाई वन्द शत्रले परिमार्जित सहित पारित गर्ने सचिव हर्कसिंह खत्रीले जानकारी दिनुभयो ।
कांग्रेसको सम्मेलनलाई नयाँ नेतृत्व चयन बाहेकका सवै काम गर्ने अधिकार रहेको वताइएको छ ।।
No comments:
Post a Comment
radijaljalanews@gmail.com