दाङ, भादौ २५
नेकपा एमाले दाङको ११ औ जिल्ला अधिबेशन नजिकिए संगै तयारी तिब्र बनेको छ । करिब १ हजार प्रतिनीधीको उपस्थितीमा दाङको घोराहिमा उद्घाटन हुने अधिबेशनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने छ । अधिबेशनको उद्घाटन एमाले अध्यक्ष झलनाथ खनालले गर्नुहुने एमाले दाङका सचिब जोग बहादुर राणाले जानकारी दिनुभएको छ । अधिबेशन उद्घाटन अबसरमा हजारौको सख्यामा सर्वसाधारणको उपस्थिती गराउने तयारी अनुसार प्रचारप्रसार सुरु गरिएको छ । अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिने भएकाले नेतृत्वका लागी दवाव सुरु भएको छ । राष्ट्रिय प्रतिनीधी परिषद सदस्य टिकाराम खड्का र नरुलाल चौधरी ,त्यस्तै बर्तमान अध्यक्ष लक्ष्मण आचार्यले नेतृत्वको दावी गरेको खबर प्राप्त भएको छ । यद्धपी सर्वसम्मतीको प्रयास जारी रहेको एमाले स्रोतले जनाएको छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com