रोल्पा, भदौ २५
नेकपा माओबादी निकट अखिल क्रान्तीकारी दाङले संगठन सुदृढिकरण र बिस्तार अभियान कार्यक्रम अन्तर्गत देउखुरी बहुमुखी क्याम्पसमा भागबत पोख्रेलको संयोजकत्वमा ५५ सदस्यीय अखिल क्रान्तीकारी आयोजक समीति गठन गरेको छ ।
जसको सहसंयोजकमा गीता घीमीरे र धुर्व सुवेदी रहनुभएको छ । कार्यक्रममा नेकपा माओबादी यरिया नम्बर २ का सेक्रेटरी सागर, अखिल क्रान्तीकारी आयोजक समितीकी जिल्ला संयोजक सुसीला चौधरी, जिल्ला सदस्य प्रकाश शाही लगाएतले बोल्नुभएको थियो ।।
त्यसैगरि एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले हिजो सिद्धरत्ननाथ उमावि नारायणपुरमा सुनिता चौधरीको अध्यक्षतामा ४५ सदस्यीय मूल इकाइ गठन गरेको छ ।
जसका उपाध्यक्षहरुमा कपिल बस्नेत, मिलन आचार्य, सपना चौधरी, सचिवमा प्रंकाण्ड डाँगी, सहसचिव रामबहादुर चौधरी र कोषाध्यक्ष सन्तोष पाण्डे रहनुभएको छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com