अमरजित पुन मगर
रोल्पा, भदौ २५
ए नेकपा माओवादि रोल्पा जिल्ला ९ नं एरियाको पार्टी प्रशिक्षण कार्यक्रम कोटगाँउ १ माडिचौरमा सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टिको धुवी्रकरण पछिको पार्टिमा आएको सांगठनिक प्रभाब ,आगामि महाधिबेशनमा कसरी अगाडि भन्ने र आगामी कार्ययोजनाको बारेमा प्रशिक्षण भैरहेको बताईएको छ ।
९ नं इलाका संयोजक नन्द बहादुर पुन आनन्द को सभापतित्वमा सम्पन्न भेलामा जिल्ला सम्मेलन तथा सातौ केन्द्रिय महाधिबेशन आयोजक समितिका सदस्य राजबहादुर बुढा अबिनाश ,मगरात राज्य सम्मेलन आयोजक समितिका सदस्य तथा रोल्पा जिल्ला २न्र क्षेत्र महाधिवेशन आयोजक समिति संयोजक निमकान्त डाँगी दिपजङ्ग, ,मगरात राज्य सम्मेलन आयोजक समितिका सदस्य सुरेन्द्र घर्ति मगरले प्रशिक्षण दिनुभएको थियो ।
तेजेन्द्र बुढा संकल्पको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचलन जिल्ला सम्मेलन आयोजक समिति सदस्य कमासिंह बुढा करुणले गर्नु भएको थिया भने कार्यक्रमममा ९न एरिया अन्र्तगत भावाङ, कोचौवाङ,जंकोट,कोटगाउ र करेटि गाबिसका गरी पार्टि सदस्यदेखि डि सी एम गरी २५० जनाको उपस्थिति रहेको थियो भने । अहिले इलाका स्तरीय बैठक बरिहेको हाम्रा प्रतिनिधी पूर्ण सिंह बिकले जानकारी दिनु भएको छ ।
यसै बिच एकीकृत नेकपा माओवादी रुकुम अन्तरगत ९ नम्वर एरीया सम्मेलन आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । रुँघा गाविसका सिम्रुतुमा बसेको बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरेको छ ।
बैठकले झक्कुप्रसाद घर्ती अभियानलाई मुल व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै बैठकले अठोटलाई आर्थीक व्यवस्थापन, अभियानलाई संगठनात्मक प्रतिवेदन तयारी, गणेश केसी हिमाललाई अनुशासन तथा आचारसहिता अनुगमन समितिको संयोजक तोकेको छ ।
हुरीलाई प्रचार–प्रसार, सघर्षलाई स्वयसेवक व्यवस्थापन तथा परिचालन, बालकृष्ण केसी पहरलाई निर्वाचण समितिको संयोजक तथा हुरी, अमर ओली, टेकबहादुर ओली, गणेश विष्ट, नासो, सर्वजित, विज्ञान र दिनेश विष्ट सम्मिलित संगठन तथ्याङ्क, अभिलेख रेकर्ड समिति बनाईएको छ ।
साथै बैठकले भदौ २६ देखि असोज २ सम्म ९ नम्वर यरीया अन्तरगतका मुरु, पेउघा, रुँघा र खारामा गाविस सम्मेलन तयारी समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको सम्मेलन आयोजक समिति सदस्य अमर ओलीले जानकारी दिनुभयो ।।
No comments:
Post a Comment
radijaljalanews@gmail.com