Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

द्वन्दको सयमा बिद्रोहि पक्षबाट बिस्थापित भएकाहरुको अधिबेशन सम्पन्न

द्वन्दको सयमा बिद्रोहि पक्षबाट बिस्थापित भएकाहरुको अधिबेशन सम्पन्न


रोल्पा, भदौ २५
द्वन्दको सयमा बिद्रोहि पक्षबाट बिस्थापित भएका हरुको सस्था द्वन्द पिडित सरोकार सस्थाको चौथो जिल्ला अधिबेश आज सम्पन्न भएको छ । सदरमुकाम लिबाङमा सम्पन्न अधिबेशनले देब विक्रम शाहको अध्यक्षतामा १२ सदस्सीय जिल्ला समिति समेत गठन गरेको  छ । 
अधिबेशनले उपाध्यक्ष श्री कुमारी रोका, सचिव कमल प्रकास हमाल, कोषाध्यक्ष मान सिंह घर्ति र सह सचिवमा लेख सरा रोकालाई चयन गरेको छ । 
समितको अन्य सदस्यहरुमा हरीसरा घर्ति, बिनोद जंग सुवेदी, पन्चकला वली, चन्द्र कला वली, गोपाल घर्ति, बिष्णु कुमार वली र बुद्विसरा पुनलाई निर्बाचित गरेको छ । 
सथै अधिबेशनले जिल्लामा रहेका विद्रोहि पक्षबाट विभिन्न कारणले पिडित भएकाहरुलाई संगठित गर्ने, सरकारले दिने गरेको सेवा सुविधा सबैलाई उपलब्ध गराउन पहल गर्ने, विस्तापितहरुको तथ्याङ संकलन गर्ने गरि अभिलेख राख्ने निर्णय गरिएको नव निर्बाचित अध्यक्ष देव बिक्रम शाहले बताउनु भयो । विभिन्न कारणले विस्थापित भए पछि शान्ति प्रकृया आए पछि पनि आफुहरु गाउँ फर्कने बाताबरण नभएको भन्दै आफुहरु सम्बन्धीत ठाउँमा फर्कने बताबरण मिलाई दिन शाहले आग्रह समेत गर्नु भयो ।
बय बृद्व रिमु खत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल प्रकास हमालले गर्नु भएको थियो भने कार्यक्रममा द्वन्द पिडित सरोकार समाजका प्रतिनिधी लगाएको उपस्थीति रहेको थियो ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com