Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

अमेरिकाविरुद्ध नेपालको जित

अमेरिकाविरुद्ध नेपालको जित



२५ भदौ, काठमाडौं । नेपालले अमेरिकालार्इ पराजित गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ ।
सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा २८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ दि म्याच बसन्त रेग्मीले ५ विकेट लिए । यससँगै उनले प्रतियोगितामा सर्वाधिक २१ विकेट लिएका छन् ।
शक्ति गौचनले २ कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले समान १-१ विकेट लिए ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com