भदौभित्र दलहरुबीचमा सहमति हुन्छः प्रचण्ड
भदौभित्र दलहरुबीचमा सहमति हुन्छः प्रचण्ड
२५ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ महिनाभित्र दलहरुका बीचमा सहमति हुने बताउनुभएको छ ।
अखिल नेपाल शिक्षक संगठन चितवनको जिल्ला अधिवेशनको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पाँचबुँदेको जगमा सहमति हुने बताउनुभयो । दलहरुका बीचमा सहमतिको विकल्प नभएको हँुदा भदौसम्म कुनै न कुनै बिन्दुमा पुगेर सहमति हुनु आवश्यक भएको भन्दै उहाँले भन्नुभयो-’सरकार सहमतिको बाधक होइन, पहिले संविधानका विवादित विषयमा सहमति हुनुपर्यो त्यसपछि कांग्रेसको नेतृत्वमा सहमतीय सरकार स्वीकार्य हुन्छ ।’
उहाँले संसद् पुनःस्थापना सबै दलहरुको केन्द्र बिन्दु मानेर सहमति हुन सक्ने संकेत दिनुभयो । कांग्रेस सभापति सुशील कोइरालाप्रति इंगित गर्दै उहाँले अरुलाई अविश्वास गर्नेहरुले आफ्नै पार्टीभित्र विश्वास लिन आग्रह गर्नुभयो । सहमतिको बाधक नभएको भन्दै उहाँले सहमतिका लागि सबैले लचकता अपनाउनु पर्ने बताउनु भयो ।
Radio Jaljala FM
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to our newsletter
(Get fresh updates in your inbox. Unsubscribe at anytime)
No comments:
Post a Comment
radijaljalanews@gmail.com