Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

संविधानसभा पुनःस्थापना हुने सम्भावना छैन : पोख्रेल

संविधानसभा पुनःस्थापना हुने सम्भावना छैन : पोख्रेल



२५ भदौ, सोलुखुम्बु । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संविधान सभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको वताउनु भएको छ । संविधान सभावाटै लोकतान्त्रिक संविधान बनाउनुको विकल्प नरहेको भन्दै पोख्रेलले विघटन भइसकेको संविधान पुनःस्थापना नभई नयाँ निर्वाचनमा जानु पर्नेमा जोड दिनु भयो ।
सोलुखुम्बुको फाप्लु विमानस्थलमा सोमवार पत्रकारहरुसंग कुराकानी गर्दै पोख्रेलले नयाँ निर्वाचनमा जानका लागि वर्तमान सरकारले राजीनमा दिएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने वताउनुभयो । नेता पोख्रेलले राष्ट्रिय सहमतिका लागि वर्तनमा डा वावुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन अनिवार्य शर्त भएका वताउनुभयो ।
संविधान सभाको चुनावका लागि आवश्यक कानुन बनाउन तथा संविधान संशोधनका लागि संविधान सभाको पुनःस्थापना आवश्यक नभएको पोख्रेलको भनाई छ । पोख्रेलले देशलाई संकटबाट निकास दिन प्रचलित कानुनकै साहरा लिन आवश्यक नभएको वताउनुभयो । भदौ मसान्त सम्ममा सहमति हुन नसक्ने उल्लेख गदै महासचिव पोख्रेलले प्रमुख दलका शीर्ष नेताहरु पार्टीको काममा लागेकाले सम्वाद हुन नसकेको बताउनु भयो ।
एक फरक प्रसंगमा महासचिव पोख्रेलले असन्तुष्ट एमालेका उपाध्यक्ष अशोक राई लगायतका नेताहरुसंग पार्टी अझै पनि छलफलका लागि तयार रहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा पार्टीवाट अलग नभई पार्टीभित्रै बसेर सहमति खोज्न असन्तुष्ट नेताहरुलाई आग्रह गर्नुभयो । महासचिव पोख्रेल पार्टी कार्यकर्ता प्रशिक्षणका लागि सोलुखुम्बु पुग्नु भएको हो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com