सुशील बस्नेत
२५ भदौ, दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संबिधान सभा पुनःस्थापना भए लोकतन्त्र र स्वतन्त्र न्यायालयको उपहास हुने वताउनु भएको छ । उहाँले वर्तमान अवस्थामा संबिधानसभा पुर्नस्थापन गर्दा मुलुक थप अन्यौलता र संकटतर्फ धकेलिने वताउनुभयो ।नेपाल प्रेस युनियन दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गिरीले काँग्रेसकै केही नेताहरुले संबिधान सभाको पुन:स्थापना गर्न सकिने वताएपनि त्यो उत्तम बिकल्प भने नभएको बताउनुभयो । नेता गिरीले राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ निर्वाचनमा जानूको अर्को विकल्प नरहेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो,’ काँग्रेस नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी नयाँ निर्वाचनमा जानुको विकल्प छैन । त्यसैले यो विषयमा काँग्रेस केन्द्रीय समितिको बैठकले केही दिन भित्र ठोस निर्णय गर्छ ।’
काँग्रेस प्रजातन्त्र र विधिको शासनको पक्षपाती भएकाले निष्पक्ष निर्बाचनमा जान तयार रहेको गिरीको भनाई छ । तर त्यसका लागि संबिधान सभा वा संसदीय निर्बाचन कुनमा जाने भन्ने बारेमा दलहरुवीच व्यापक छलफल गर्नु पर्ने गिरीले वताउनुभयो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com