Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 10 September 2012

प्रचण्डको स्वागत गर्न चितवनका बिद्यालय वन्द

प्रचण्डको स्वागत गर्न चितवनका बिद्यालय वन्द




14
२५ भदौ, चितवन । कुनै बेला थियो- जतिखेर तत्कालीन राजा महाराजाहरु जिल्ला भ्रमणमा जाँदा बिद्यालय वन्द गरेर बिद्यार्थीहरु स्वागतका लागि चर्को घाममा लामबद्ध हुन्थे ।
अहिले राजा छैनन, तर चितवनका बिद्यार्थीलाई उस्तै सास्ती छ । माओवादी अध्यक्ष प्रचण्ड आज चितवन आउने भएपछि माओवादी निकट शिक्षक संगठनले आज यहाँका बिद्यालय जर्वजस्ती बन्द गराएको छ । अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड आज चितवन आउँदैछन् ।
प्रचण्डको अगमनलाई बिशेष बनाउन शिक्षक संगठनले आज चितवन जिल्लाका सवै बिद्यालय बन्द गराउन माग गर्‍यो । सुरुमा नाईं-नाईं भने पनि अन्ततः कांग्रेस र एमालेले पनि प्रचण्डको सवारीलाई बिशेष बनाउन सहमति दिए ।
विद्यालय बन्द नगराउन विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएपनि विद्यार्थीको मागको वेवास्ता गरी विद्यालय बन्द गरेका हुन् ।
शिक्षक संगठनले बर्षे बिदाबाट कटौती हुने गरी विद्यालय बन्द गरिएको दावी गरेको छ । एकीकृत माओवादी निकट शिक्षक संगठनको अडानले बिद्यालय बन्दमा सहमति जनाउनु परेको एमाले र काँग्रेस निकटका शिक्षक संगठनले बताएका छन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com