Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

सम्मेलनको तयारी पूरा

सम्मेलनको तयारी पूरा



दाङ, भदौ २५ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङको भोलि घोराहीमा हुन लागिरहेको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन आयोजक समितिका संयोजक गणेश ओलीले आज एक विज्ञप्ती जारी गरी सम्मेलनको सबै तयारी पूरा भएको जनाउनुभएको छ ।
भोलि बिहान ११ बजे हुने सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख तथा पूर्व उपप्रधान, गृह तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनका लागि महरालगायत संघका प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्य र सचिवालय सदस्य सचिन रोका आज साँझ नै दाङ आइपुग्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीअनुसार सम्मेलनको मूल नारा अग्रगामी राज्य पुनःर्संरचनासहितको संविधानका लागि हाम्रो आन्दोलन, प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रको पक्षमा दोस्रो जिल्ला सम्मेलन तय गरिएको पनि जनाइएको छ । साथै सम्मेलनलाई सफल बनाउन सहयोग गरिदिन र सम्मेलनको उद्घाटन सत्रमा सहभागी भइदिन सबैलाई आग्रह गरिएको छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com