Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

सर्लाहीमा प्रहरी र स्थानीयबासीबीच झडप, एकको मृत्यु

सर्लाहीमा प्रहरी र स्थानीयबासीबीच झडप, एकको मृत्यु



२४ भदौ, काठमाडौं । सर्लाहीमा आइतबार दिउँसो प्रहरी र स्थानीयबासीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
करिव २ महिना अघि बिग्रिएर मर्मतका लागि लगेको विद्युतको टान्समिटर अर्कै गाउँमा लैजान लागेको थाहा पाएपछि स्थानीयबासीले पूर्व पश्चिम राजमार्गको मलंगवा-नवलपुर सडक खण्ड अवरुद्ध पारेका थिए । अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले हानेको लठीले लागेर लक्ष्मीपुर ४ का ५० बषिर्य इजहार पमरियाको ज्यान गएको हो ।
घटनापछि आक्रोसित स्थानीयबासीले कैदीलाई लिएर गएको इलाका प्रहरी कार्यालय बरहथवाको बा १ झ ७४ ४५ नम्बरको भ्यानमा आगो लगाइदिएका छन् ।
झडप नियन्त्रण गर्न केही राउण्ड हवाइ फायर पनि गर्नुपरेको प्रहरीले बताएको छ । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com