२८ भदौ, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी राष्ट्रिय सहमतिको वाधक भएको आरोप लगाउनु भएको छ । उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गरी मुलुकलाई निकास दिन आफूहरु तयार रहेको भएपनि माओवादीले विभिन्न वहानामा सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनु भयो ।भक्तपुरमा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको विहीवार उद्घाटन गर्दै सभापति कोइरालाले एकीकृत माओवादीले विश्वासिलो वातावरण वनाए आफूहरुले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्ने वताउनुभयो । उहाँले भन्नुभयो,’माओवादीहरु जुनसुकै बहानामा कमचलाउ सरकार लम्ब्याउन खोजिरहेका छन् । उनीहरुले राष्ट्रिय सहमतिका लागि विश्वासिलो वातावरण सृजना नगरेसम्म हामी प्रधानमन्त्रीको उम्मेदवार अघि सार्दैनौँ ।’
कोइरालाले काँग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आए एकघण्टाभित्रै काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तोक्ने दाबी गर्नुभयो । उहाँले प्रधामन्त्रीका लागि काँग्रेसमा कुनै बिबाद नभएको समेत वताउनुभयो । आफूलाई पार्टी भित्रका नेताहरु र अन्य दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीका लागि नाम दिन भनेको भन्दै कोइरालाले माओवादीले विश्वासिलो वातावरण नवनाएसम्म नाम नदिने वताउनुभयो । कोइरालाले आफूलाई प्रधानमन्त्री वन्न कुनै हतारो नभएको समेत स्पष्ट पार्नु भयो ।
कोइरालाले एकीकृत माओबादिले बिगतका सहमति कार्यान्वयन नगरेकोले संविधान बन्ने विश्वासिलो वातावरण नबनेसम्म संबिधान सभा पुनःस्थापना गर्न नसकिने वताउनुभयो । एमाओवादीको अझै विश्वास गर्न नसकिने भन्दै कोइरालाले संविधानसभा पुनःस्थापना गर्नुपर्ने भए राष्ट्रपति र अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर केहि दिनका लागि पुनःस्थापनाको गर्न सकिने कोइरालाको भनाई छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com