२८ भदौ, काठमाण्डौं । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सम्मानमा विहीवार सरकारी कार्यालयका झण्डा आधा झुकाइएको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार सिंहको राष्ट्रिय सम्मानका लागि आज सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगमा झण्डा आधा झुकाइएको हो ।
सिंहलाई राष्ट्रिय गौरबको व्यक्ति घोषणा गर्न पनि सरकारले राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष सिफारिस गरेको छ । बुधबार विहान निधन भएका सिंहको राष्ट्रिय सम्मानका साथ सिंहको अन्त्येष्टि गरिएको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com