२८ भदौ, काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वरिष्ठताका आधारमा रानालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षकको दौडमा भीष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । श्रोतका अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिएपछि गृहमन्त्री विजयकुमार गच्छदारले सहमति जनाउनु भएको थियो । यसअघि गच्छदारले भने प्रसाईलाई प्रहरी प्रमुख बनाउन प्रस्ताव गर्नु भएको थियो ।वर्तमान प्रहरी प्रमुख रविन्द्रप्रताप शाहले भने भोलिबाट अबकास पाउँदै हुनुहुन्छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com