Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 11 September 2012

कांग्रेसमा व्यक्तिवादी चरित्र हावीः सिंह

कांग्रेसमा व्यक्तिवादी चरित्र हावीः सिंह


काठमाडौं, २६ भदौ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पार्टी भित्र व्यक्तिवादी चरित्र हावी भएको टिप्पणी गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष तथा विभागीय अध्यक्षहरुको एक दिने राष्ट्रिय गोष्ठीको आज काठमडौंमा उद्घाटन गदैै उनले भने, ‘कांग्रेस नेतृत्वमा पहिला व्यक्तिवादी प्रवृत्तिलाई हतोत्साहित गर्नु पर्छ ।’
सिंहले आन्तरिक समस्या समाधानका लागि व्यक्तिवादी चरित्र अन्त्य गरे पछि मात्रै कांग्रेसमा सहजता आउने बताए ।
उनले नेतृत्व तहमा रहेका कांग्रेस नेताहरुमा लोकतान्त्रिक संस्कार कमजोर भएको आरोप लगाए । ‘पार्टी नेतृत्व भित्रको विवादको असर तल्लो तहसम्म पुगेको छ,’ महामन्त्री सिंहले भने, ‘पार्टीलाई सुदृढ र सवल बनाउन व्यक्तिवादी चरित्रलाई प्रोत्साहन गर्नु हुँदैन ।’
संविधान निर्माणका विवादित विषयमा सहमति नभएसम्म संविधानसभा पुनःस्थापना गर्न नसकिने उनको भनाई थियो ।
सिंहले विवादित विषयमा सहमति नभए ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।
उनले भने, ‘विवादित विषयमा सहमति नभई म्याद सकिसकेको संविधानसभाको पुनःस्थापना गर्नु जनताको म्याण्डेट विपरित हुन्छ ।’
राष्ट्रिय सहमतिको वातावरण वनाउन कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बनेको उनको भनाई थियो । उनले भने, ‘कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग गर्नु पर्छ ।’

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com