रोल्पा, भदौ २६
स्थानिय स्तरमा योजना प्रकृया सम्बन्धी २ प्रशिक्षण कार्यक्रम आज पश्चिम रोल्पाको तालाबाङमा सम्पन्न भएको छ । जिल्ला बिकास समिति रोल्पाको सहयोग तथा रुडास नेपाल र जनसरोकार सेवा केन्द्र पोष्करोल्पाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सोमबार देखि सुरुभएको तालिममा तालाबाङ गाबिसका वडा नागरीक मञ्च र नागरीक सचेतना केन्द्रहरुलाई तालिम दिइएको थियो । गाउ स्तरमा योजना छनोट कसरी गर्ने, योजना तर्जूमा कसरी हुन्छ भन्ने बिषयमा प्रशिक्षण दिइएको आयोजकले बताएको छ ।
गाबिसका वडा नागरीक मञ्च र नागरीक सचेतना केन्द्र गरी ३४ जनाको सहभागिता रहेको तालिमको सहजिकरण रुडास नेपालका कार्यक्रम अधिकृत राजु आचार्य जनसरोकार सेवा केन्द्र रोल्पाका अध्यक्ष हिरा घर्तिले सहजिकरण गर्नु भएको थियो ।
श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक चन्द्रबहादु घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओबादीका सर्वजित घर्ति, नेपाली कांग्रेसका खडक बहादुर डागी उपस्वास्थ्य चौकि तालाबाङका प्रतिनिधी कल्पना वली लगाएतले मन्तब्य राख्नु भएको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com