अमरजित पुन मगर
रोल्पा, भदौ २७
रोल्पाको भावांङ गाविस वडा नं. ३ मा रहेको एक विद्यालयमा बिद्यार्थिहरु एकैपटक धेरैको संख्यामा बिरामी परेपछि आकश्मिक बिद्यालय बन्द गरिएको छ । एक सातादेखि सामान्य बिरामीहुने गरेको भए पनि आज एक्कासी बिद्यालयका अधिकांश बिद्यार्थी बेहोस हुन थाले पछि बिद्यालय बन्द गरिएको हो ।
उत्तर पश्चिम रोल्पाको श्री बागेश्वरी निम्न माध्यमिक बिद्यालयमा आज एकैपटकमा ७०÷८० जना बिद्यार्थी आकस्मीक बिरामी परेपछि बिद्यालय बन्द गर्नु परेको बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर वलीले बताउनु भयो । प्रधानाध्यापक वलीका अनुसार लाइन लागिरहेकाबेला प्राङ्गनमै ५÷७ जना बिद्यार्थी बेहोस भएका थिए भने पछि कक्षा कोठामा गएर पठन पाठन सुरु गर्ने बेलामा बिद्यार्थीहरु एक्कासी बेहोस भएर भुईमा लड्ने समस्या देखिएको थियो ।
केहि समय अघि देखि घरमा पनि कसै कसैलाई टाउको दुख्ने, असामान्य रुपमा रुघा खोकी लाग्ने समस्य देखा परेको अभिभावकहरुले बताएका छन् । तर बुधबार भने बिद्यालयमा आई सके पछि एक्कासी मुर्छा पर्ने र लड्ने गरेको शिक्षक कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।
आकस्मीक बिरामी परेका बिद्यार्थीहरुको अहिले स्थानीय स्वास्थ्यचौकी र मेडिकलहरुमा उपचार भइरहेको बताईएको छ । केही बिद्यार्थीको होस आएपनि अझै प्राय बिद्यार्थीको होस नआएको शिक्षक डाँगीले बताउनुभयो ।
स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहे पनि रोगको बारेमा भने अझै पहिचान हुन नसकेकोे उपस्वास्थ्य चौकि भावाङका निमित्त कार्यालय प्रमुख कल्पना रोकाले बताउनु भयो । रोगको बारेमा जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराई सकेकोले रोग बारे छिट्टै पत्ता लाग्ने रोकाले बताउनु भयो ।
१० बजे नै बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षकहरुको बैठक बसी बिद्यालय बन्द गरीएको प्रधानाध्यापक वलीले बताउनु भयो । बिद्यालय आउदो ३१ गते आइतबारसम्म बन्द गर्ने निर्णय भएको बताउनु भयो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com