Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 12 September 2012

सार्वजनिक सेवा प्रदायक निकायमा सुशासन

सार्वजनिक सेवा प्रदायक निकायमा सुशासन



दाङ, भदौ २७ 
सार्वजनिक सेवा प्रदायक निकायमा सुशासन तथा सामाजीक जवाफदेहिता बढाउन नागरिक जागरण बृद्धि गर्ने उद्देश्यले घोराहीमा आज एकदिने तालिम सम्पन्न भएको छ । मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्रद्वारा सञ्चालित नगरिय सुशासनका लागी क्षमता बिकास कार्यक्रमको सहयोगमा टाउनप्लान बिकास समितिले सो तालिम आयोजना गरेको हो । तालिममा घोराही नगरपालीका वडा नम्बर १० अन्तरगतका बिभिन्न टोलका स्थानिय ४० जनाको सहभागीता रहेको थियो । 
तालिममा मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्रका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक श्रीमन न्यौपानेले नगरिय सुशासनको लागी क्षमता बिकास कार्यक्रम बारेमा जानकारी र सुशासनका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, पत्रकार माधब चौधरीले सामाजीक जवाफदेहिता र नागरिक वडापत्रको बारेमा प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागीहरुले अहिले सार्वजनिक सेवा प्रवाहको अबस्था सन्तोषजनक नरेको बताएका थिए । जवाफदेहिता बृद्धिको लागी राज्यले बिभिन्न निति नियम बनाएपनि ति नितिनियम व्यावहारिक रुपमा लागु नभएको र अझै पनि पहँुचवालाले मात्र राज्यको सुबिधान पाईरहेको बताएका थिए ।
टाउन प्लान बिकास समितिका अध्यक्ष दिलिप कुमार डिसिको अध्यक्षतामा भएको तालिमको शुरुवात तथा समापन चरणको सञ्चालन सचिव जिवि चिन्तनले गर्नुभएको थियो । 
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com