दाङ, भदौ २७
नेकपा माओबादी २ नम्बर यरिया अन्तरगत सतवरिया गाविस स्तरिय प्रशिक्षण कार्यक्रम आज सतवरियामा सम्पन्न भएको छ । गाविसका २५ जना कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा जिल्ला सेक्रेटरी शितलले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा उहाँले जनयुद्धका क्रममा स्थापित मुद्धा अहिले नेकपा माओबादीले बोकीरहेको भन्दै नव गठित पार्टीले क्रान्तिको पक्ष रहेको जनताको चाहना सम्बोधन गराएरै छाड्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा दुई नम्बर यरिया सेक्रेटरी गणेश चौधरी र सहसेक्रेटरी सागरको पनि उपस्थीति रहेको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com