Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 5 September 2012

प्रचण्डको नेतृत्वमा नयाँ मोर्चा घोषणा \'गिरिजाबाबुको अभाव खड्कियो, सुशील गैरजिम्मेवार\

प्रचण्डको नेतृत्वमा नयाँ मोर्चा घोषणा \'गिरिजाबाबुको अभाव खड्कियो, सुशील गैरजिम्मेवार\

�३१ साउन, काठमाण्डौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा संघीयता पक्षधर दलहरुको नयाँ मोर्चा घोषणा भएको छ । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ नाम दिइएको मोर्चामा सत्तारुढ तथा संघीयता पक्षधर २१ दल सामेल छन् । हरेक दलका एक एक जना गरि २१ सदस्यीय समितिसमेत गठन गरिएको छ । वुधवार होटल र्‍याडिसनमा पत्रकार सम्मेलन गरी मोर्चाका संयोजक प्रचण्डले मोर्चा गठन भएको घोषणा गर्नु भएको हो ।
मोर्चाको घोषणा गर्दै प्रचण्डले जातिय पहिचानसहितको संघीयताका सवालमा काँग्रेस एमाले लगायतका दलहरुले मोर्चावन्दी गरेपछि संघीयता पक्षधरको छुट्टै मोर्चा गठन गरिएको वताउनुभयो । मोर्चाले पहिचानसहितको संघीयताका विषयमा वकालत गर्दै अन्य दलहरुलाई समेत सहमतिमा ल्याउन प्रयास गर्ने वताउनुभयो ।�सहमतिबाट मात्रै समस्या समाधान हुने भएकाले सवैदलसँग सहमति गर्न मोर्चा गठन गरिएको भन्दै प्रचण्डले यो मोर्चाले आम नेपालीको भावनाअनुसार काम गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले संघीयता पक्षधरको मोर्चा भएकाले काँगेस-एमाले, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका दलहरु पनि आफ्नो मोर्चामा आउने दाबी गर्नु भयो ।
अहिलेकै अवस्थामा दलहरुबीच सहमति हुने सम्भावना टरेकाले समान विचार भएका दलहरुबीचको मोर्चाको गठन अत्यावश्य भएको प्रचण्डको दावी थियो । जातिय पहिचान भन्ने शब्द सुन्नै नचाहने नेपाली काँग्रेस र एमालेका कारण अन्तिम समयमा आएर संविधान सभा विघटन भएको आरोप लगाउँदै प्रचण्डले भन्नुभयो,’सहमतिको प्रयास गर्दा गर्दै एमाले काँग्रेस सहमतिवाट पछि हटे । १० प्रदेशमा सहमति जनाएपनि पछि षडयन्त्रमुलक तरिकाले अस्वीकार गरेपछि संविधानसभा विघटन भयो ।’ अहिले मुलुकमा नेतृत्वको अभाव खड्कीएको भन्दै प्रचण्डले १२ बुँदे सहझदारीका हस्ताक्षरकर्ता स्वर्गिय गिरिजाप्रसाद कोइराला भएको भए यो अबस्था नआउने बताउनुभयो ।
काँग्रेस सभापति सुशील कोइराला गैरजिम्मेवार तरिकाले अघि वढेकाले गिरिजावावु जस्तो व्यक्तिको अभाव खड्कीएको �वताउनुभयो । शान्ति र संविधान निर्माण प्रक्रियाको नेतृत्व लिन गिरिजाबाबुले गरेको आग्रह स्मरण गर्दै प्रचण्डले भन्नुभयो,’गिरिजावावुले अन्तिम समयमा मलाई जे भन्नु भएको थियो । त्यहीअनुसार आज यो गठवन्ध बनाएको हो, यसले मुलुकलाई उचित निकास दिने छ ।’
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com