Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday 7 October 2012

साउदी अरेबियाद्धारा नेपालसामू १ सय ३२ रनको लक्ष्य प्रस्तुत

साउदी अरेबियाद्धारा नेपालसामू १ सय ३२ रनको लक्ष्य प्रस्तुत

२१ असोज, काठमाडौं । युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटमा साउदी अरेबियाले नेपालसामू १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । यसअघि टस हारेर पहिले व्याटिङ थालेको साउदी अरेबियाले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान ३-३ विकेट लिए भने शक्ति गौचन र भुवन कार्कीले समान २-२ विकेट लिए ।
समूह चरणको दोस्रो खेलमा कुवेतसँग ४ विकेटको हार व्यहोरेको नेपाललाई अघिल्लो चरण प्रवेशको सम्भावना जीवीतै राख्न आजको खेल जित्नै पर्ने दबाव छ । तुलनात्मक रुपमा नेपाल साउदी अरब भन्दा बलियो टोली हो । तर, कुबेतसँग व्यहोरेको अप्रत्यासित हारका कारण नेपाली टोली आज साउदी अरबविरुद्ध सजकताका साथ खेल्ने रणनीतिमा छ ।
२ खेलबाट २ अंक जोडेको नेपाल समूह बीको तेस्रो स्थानमा छ भने हङकङ ३ खेलबाट ४ अंकका साथ शीर्ष स्थान र समान खेलबाट समान अंक जोडेको युएई रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ । कुवेत २ खेलबाट २ अंकका साथ चौथो स्थानमा छ भने पुछारमा रहेको साउदी अरेबीयाले अंक नै जोड्न सकेको छैन ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com