Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 7 October 2012

राष्ट्रपतिले भट्टराई सरकारलाई हटाउनु पर्छ : पोख्रेल

राष्ट्रपतिले भट्टराई सरकारलाई हटाउनु पर्छ : पोख्रेल



 २१ असोज, कास्की । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रधानमन्त्री डा वावुराम भट्टराईले सजिलै सत्ता नछोड्ने भएकाले राष्ट्रपतिले अन्तरिम संविधानमा रहेको अधिकार प्रयोग गरेर हटाउनु पर्ने वताउनु भएको छ । उहाँले प्रधानमन्त्री भट्टराईको बर्हिगमन नभएसम्म मुलुकले निकास नपाउने भएकाले राष्ट्रपतिले दलहरुको परामर्शमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आहृवान गर्नु पर्ने वताउनुभयो ।
 नेकपा एमाले कास्कीले आइतवार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव पोख्रेलले प्रधानमन्त्री भट्टराईलाई सत्तावाट हटाएर दशैँअघि नै राष्ट्रिय सहमतिको सरकार गठन गरी मुलुकnmाई निकास दिनु पर्ने वताउनुभयो । उहाँले भट्टराईको नेतृत्वमा बनेको सरकारले राजनीतिक, संवैधानिक र नैतिक आधार गुमाइसकेकाले सरकारको बर्हिगमन अत्यावश्यक रहेको वताउनुभयो । पोख्रेले एमाओवादीको उग्रवामपन्थी शोच, अधिनायकवाद र सत्ता कब्जा गर्ने रणनीति एमालेले बुझ्न नसकेर नै मुलुक अहिले यस्तो स्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो ।
 एमालेले संविधानसभा पुनःस्थापनाको पक्षमा नरहेको भन्दै उहाँले संविधानसभाले बनाएको संविधानको मस्यौदालाई सम्पत्तिको रुपमा लिँदै ताजा जनादेशका लागि संविधानसभाको नयाँ निर्वाचनमा जानुपर्ने वताउनुभयो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com