Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 7 October 2012

७१ लडाकू कमाण्डर आजदेखि नेपाली सेनाका अधिकृत ४५ दिने घर बिदापछि १२ तालिममा जाने

७१ लडाकू कमाण्डर आजदेखि नेपाली सेनाका अधिकृत ४५ दिने घर बिदापछि १२ तालिममा जाने



२१ असोज, काठमाण्डौ । दश बर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकू कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको अधिकृतमा नियुक्त भएका छन् ।
अधिकृतमा छानिएका ७१ लडाकूलाई आज नेपाली सेनाले ४५ दिने घर बिदामा पठाउँदै छ । दशैं-तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुनेछन् ।
लडाकू कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ बर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ भने २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अबस्था पनि औपचारिकरुपमा अन्त्य भएको छ ।
लडाकूबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्र्तगत तालिममा सहभागी हुनेछन भने तालिमपछि नेपाली सेना अन्र्तगत गठन हुने महानिर्देशनालयमा रहने छन् । समायोजनमा जाने लडाकूको संख्या कम भएका कारण महनिर्देशनालय गठन हुने/नहुने बिषयमा भने अहिले पनि अन्यौल छ ।
छानिएका ७१ अधिकृतलाई बिशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाबिद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकूको नामावली प्रकाशन गर्ने छ ।
यसअघि अधिकृतभन्दा तल्लो तहमा १ हजार ३ सय ८८ लडाकूहरु छानिइसकेका छन् । छनौटपछि उनीहरुलाई पनि नेपाली सेनाले तलवसहित ४५ दिने घर बिदामा पठाएको छ । घर बिदाबाट फर्किएपछि उनीहरु ७ महिने तालिममा सहभागी हुनेछन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com