रोल्पा, भादौ २४
मग्मा गाविस वडानम्वर ७ रुकुममा रहेको लालीगुराँस सामुदायीक वन उपभोक्ता समितिले बनमा घाँस, दाउरा र चरिचरण रोक्न आग्रह गरेको छ ।
वन क्षेत्रको चार किल्ला तोकि त्यस भित्र पर्ने जंगलमा कुनै पनि कार्य नगर्न आग्रह गरेको हो । जंगलमा भेडा पस्ने ठाउँ सल्लाधारमा बृक्षारोपा गरिएको जानकारी पनि सामुदायीक वन उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ता समितिका पदाधीकारीको सक्रियतामा सवै उपभोक्ताले वन क्षेत्रभित्र अनावस्यक वन फडानी लगायतका कार्य नगर्न पनि भनेको सचिव हरिराम कुसारीले जानकारी दिनुभयो ।।
No comments:
Post a Comment
radijaljalanews@gmail.com