Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 24 September 2012

प्रशासन कार्यालयमै गोलीमा प्रयोग हुने सिसा चोरी

प्रशासन कार्यालयमै गोलीमा प्रयोग हुने सिसा चोरी

बागलुङ, ८ असोज । जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरबाट गोलीमा प्रयोग हुने सिसा चोरी भएको छ । लामो समयदेखि भण्डार गरेर राखिएको आठ क्विन्टल बराबरको सिसा चोरी भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम शर्माले बताउनुभयो ।
उक्त सिसा किन र कहिलेदेखि भण्डारण गरिएको भन्ने विषयमा कुनै जानकारी नभएको सहायक प्रजिअ शर्माले बताउनुभयो । प्रशासन कार्यलयकै आडमा रहेको मन्दिरमा राखिएको सिसा हराएको सोमबारमात्र थाहा भएको हो । वषौर्ंदेखि भण्डार गरेर राखिएको सिसा चोरी भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
गोलीमा प्रयोग हुने सिसा चोरी भएपछि प्रशासन कार्यालयभित्रको सुरक्षा व्यवस्थामा प्रश्न उब्जिएको छ । जिल्लामा अञ्चलाधीश रहेका बेलामा सिसा भण्डार गरेर राखिएको थाहा भएको प्रहरी नायब उपरीक्षक कृष्ण सिवाकोटीले बताउनुभयो ।
भण्डारण गरेर राखिएको सिसाको विषयमा प्रहरी, प्रशासन कसैलाई कुनै जानकारी नभएपछि खोजी कार्यमा पनि समस्या भएको श्री सिवाकोटीले बताउनुभयो । पञ्चायतकालमा हालको जिल्ला प्रशासन कार्यालयमा अञ्चलाधीश कार्यालय रहेकाले सोही बेलादेखि सिसा भण्डारण गरेर राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मन्दिरको झ्यालमा रहेका रड काटेर सिसा चोरी भएको प्रशासन कार्यालयले जनाएको छ । एकैपटक नभइ पटकपटक चोरी भएको वा मिलोमतोमा बिक्री गरिएको हुन सक्ने अनुमान गरेर जिल्लाका नाकामा जानकारी गराएको प्रहरीले जनाएको छ । हराएको सिसा कस्तो र कति थियो भन्ने समेत यकिन भएको छैन । रासस
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com