Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 29 September 2012

ललित साहित्य परिषद्को पाचौं अधिवेशन तथा १२ औं साधारणसभाको सम्पन्न,

ललित साहित्य परिषद्को पाचौं अधिवेशन तथा १२ औं साधारणसभाको सम्पन्न,


परिषद्को अध्यक्षमा पन्छी
खेमराज गाउँले÷रोल्पा असोज १३
ललित साहित्य परिषद् रोल्पाको पाँचौ अधिवेशनबाट ओम पन्छीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । शनिबार लिबाङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा भवगती बुढामगर, महासचिवमा केवी विरही, सचिवमा खेमराज गाउँले, कोषाध्यक्षमा दिलकुमारी बुढामगर र सहकोषाध्यक्षमा कूल अवशेष रहनुभएको छ । त्यस्तै कार्यसमितिका सदस्यहरुमा नारायण रेग्मी, नवीन लोचन मगर, सिर्जना सेन, दिपशिखा विष्ट र कल्पना सोनाम रहनुभएको छ । अधिवेशनकै अवसरमा परिषद्को १२ औं साधारणसभा समेत सम्पन्न भएको छ ।
गजलसङ्ग्रह लोकार्पन तथा पुरस्कार वितरण
युवा गजलकार नवराज बुढा ‘नवीन उदासी’को पहिलो गजलसङ्ग्रह ‘पर्खाइका बाटाहरु’ शनिबार लिबाङमा लोकार्पण गरिएको छ । रोल्पाको बुढागाउँ घर भइ हाल रोजगारको शिलशिलामा मलेसियामा रहनुभएका उदासीको गजलसङ्ग्रह प्रगतिशिल लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा ललित साहित्य परिषद् रोल्पाका मानार्थ सदस्य गौरीकिरण डाँगीले गर्नुभयो । ललित साहित्य परिषद् रोल्पाको पाचौं अधिवेशन तथा १२ औं साधारणसभाको अवसरमा कृति विमोचन गरिएको हो । १ सय १ वटा गजलहरु सङ्ग्रहको समीक्षा गोकर्ण पुनमगरले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा दीयो नवप्रतिभा पुरस्कारबाट ‘समर्पण’ गजलसङ्ग्रह प्रकाशित गरेबापत जलजला रोकामगरलाई प्रदान गरिएको छ भने मिलन स्मृति साहित्य प्रतिभा पुरस्कारबाट ‘जीवन उपदेश’ गजलसङ्ग्रह प्रकाशित गरेका गजलकार रेशम संगीतलाई प्रदान गरिएको छ । वर्षभरिमा कृति प्रकाशन गर्नेमध्ये कान्छो कृतिकारलाई दीयो नवप्रतिभा पुरस्कार वितरण गरिन्छ भने श्रृङ्गारिक धारामा गजलमा कलम चलाउने स्रष्टालाई मिलन स्मृति साहित्य प्रतिभा पुरस्कार प्रदान गरिन्छ ।
कृष्ण डी.सी. निर्जनको अध्यक्षता तथा गौरीकिरण डाँगीको प्रमुख आतित्थ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सचिव झक्कु घर्तीमगर, एमालेका सचिव हरिप्रसाद घर्तीमगर, नेकपा माओवादीका सुन्दर वली, परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकामगर, परिषद्का आजीवन सदस्य भीमबहादुर बुढामगर, कृष्ण न्यौपाने, आम पन्छी, मोहन सहयात्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । भगवती बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रम सन्चालन केवी बिरहीले गर्नुभएको थियो ।



Online Sahityik Blog

Online Sahityik Blog

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com