रोल्पा असोज,१६
पछिल्ला समयमा रोल्पाका बिभिन्न गाबिसमा बिकास निमार्णँ कार्यका लागि स्थानिय आफैं सक्रिय हुन थालेका छन ।
सरकारको मुख ताक्ने प्रवृत्तिले बिकासको परिर्वतन नहुने भएपछि जिल्लाका स्थानियबासीहरु आफैं बिकास निमार्णको कार्यमा जुटेका हुन ।
यसैक्रममा रोल्पाको धबाङ गाबिस वडा नं ३ पेवामा स्थानियको आफनै पहलमा ८ किलो मिटरको मोटरबाटो निमार्ण भएको छ ।
असोज १० गतेबाट आज १६ गते सम्म ७ दिन सम्म ३६ घरधुरीले जनश्रमदान गरी संजा गाउं देखि पेवा भेगुते सम्म करिब ५ किलो मिटर गोरेटो बाटो र धबाङ, जेलबाङ घोडेटो बाटो जोडन कालागि पेवा देखि स्याकै सम्म ३ किलो मिटर घोडेटो बाटो निमार्ण कार्य सम्पन्न गरेका छन ।
स्थानियहरुले उक्त बाटो निमार्ण गरेपछि पेवादेखि जेलबाङ तथा जलजला सम्म नियमित घोडा चलाउन सकिने भएको छ । जसबाट समानहरु ढुवानी गरिने छ भने गाउंघरबाट कच्चा पदार्थको पनि आयात निर्यात गर्न सहज हुने स्थानिय राज बहादुर घर्ति लेबताउनु भयो ।
जलजला प्राबि पेवा बिद्यालय ब्यवस्थापन समितिको नेतृत्वमा भएको उक्त निमार्णकार्यका लागि स्थानियबासीको सक्रिय सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com