Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 24 September 2012

नशा रोगको उपचार अब नेपालगञ्जमै

नशा रोगको उपचार अब नेपालगञ्जमै

८ असोज, नेपालगञ्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले मध्य तथा सुदूरपश्चिम क्षेत्र मै पहिलो पल्ट नेपालगञ्जमा नशा रोग (न्युरो सर्जरी ) को उपचार सेवा सुरु गरेको छ ।
शिक्षण अस्पतालले नशा रोग सम्बन्धी उपचार सेवा शुरु गरे पछि टाउकोमा चोट लागेका, ढाड दुख्ने समस्या भएका, ढाडको नशा च्यापिएका प्यारालाईसिल भएका बिरामीलाई उपचारका लागि भारतको लखनउ तथा काठमान्डौ जानु पर्ने बाध्यता हटेको छ । यस क्षेत्रका न्यूरो संबन्धि विरामीको माग अनुसार अस्पतालले काठमाडौंको मोडेल तथा अन्नपुर्ण न्युरो अस्पतालमा कामगरी सकेका अनुभवी न्युरो सर्जन डा. सुदन ढकाललाई ल्याई अस्पतालले उपचार सेवा शुरु गरेको हो । डा. ढकालको आगमनसंगै शिक्षण अस्पताल नेपालगन्जमा टाउकोमा चोट लागेका, ढाड दुख्ने समस्या भएका, ढाडको नशा च्यापिएका प्यारालाईसिल भएका बिरामीहरुको उपचार नेपालगन्जमा नै हुने गरेको छ ।
दुर्घटना वा न्यूरो रोगबाट गम्भीर अबस्थामा पुगेका बिरामीहरुको अप्रेशन गरी उपचार गर्ने गरिएको न्युरो डा. ढकालले जानकारी दिए । उनले भने-’आफुले नेपालगन्जमा शेवा दिन थालेको छोटो समयमा पनि करिव ६०-६५ जनाको शल्यक्रिया गरेको र यसमा ६ जनाको ढाडको भए पनि बाँकी भने टाउकोको त्यसमा पनि दुर्घटनाका केशहरु छन ।’
नेपालगन्ज शिक्षण अस्पतालमा न्यूरो सर्जन उपलव्ध भएपछि नशा समबन्धी बिरामीहरुको उपचारका लागि अत्याधुनिक उपकरण सहित सीसीयु सेवा सुरु समेत संचालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले नशारोग सम्बन्धी उपचार सेवा गरेपछि अस्पतालमा दैनिक न्यनतम ३० देखि ६० जना बिरामी उपचारका लागि आउन थालेको अस्पतालको ओपिडि तथ्याङ्क शाखाले जनाएको छ ।
नशा संबन्धि समस्याबाट उपचारको अस्पतालमा आउने अधिकाश बिरामीहरुमा टाउको दुख्ने र छारे रोग सम्बन्धी समस्या बढी पाईएको डा ढकालले बताए । उनलेे भने-’पहिलो अवस्था के थियो मलाई अवगत भएन तर, अस्पतालले सेवा दिन थालेपछि न्यूरोको जटिल भन्दा जटिल समस्या पनि यही हेण्डिल गरिएको छ । ‘
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com