Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Monday, 24 September 2012

राजतन्त्र फर्कने सम्भावनाबारे पूर्वराजा बोलेनन्

राजतन्त्र फर्कने सम्भावनाबारे पूर्वराजा बोलेनन्


८ असोज, दमौली । पश्चिमाञ्चलको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार तनहुँको सदरमुकाम दमौली पुगे । उनले शिवपाञ्चयन मन्दिर र दुर्गा मन्दिरमा झण्डै ३० मिनेट पूजा अर्चना गरेका थिए ।
शिवपाञ्चायन मन्दिरमा पूजा अर्चना गरेपछि पूर्वराजा ज्ञानेन्द्रले जिल्ला विकास समिति तनहुँको अतिथी गृहमा समर्थकसंग भेटघाट गरेका थिए । भेटघाटका क्रममा राजावादीहरुले दलहरु असफल भएको भन्दै शासन सत्ता लिन अग्रसर हुनुपर्ने सुझाव दिएका थिए । राजावादीहरुले सुझाव ध्यानपुर्वक सुनेका पूर्वराजाले कुनै प्रतिक्रया भने नजनाएको भेटमा सहभागी हरुले बताएका छन् ।
त्यस्तै पत्रकारहरुसंग भेटघाट गरेको भएपनि उनले खुलेर कुराकानी गरेनन् । एकतर्फी आफ्नो धारणा राखेका पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई जस्तै आफूलाई पनि देशको चिन्ता लागेको बताए । मुलुकको वर्तमान परिस्थितीमा सबैलाई जग जाहेर भएको उनले बताए ।
राजतन्त्र फर्कने कत्तिको सम्भावना छ भनि संचारकर्मीहरुले राखेको जिज्ञासामा पूर्वराजा ज्ञानेन्द्रले कुनै प्रतिक्रिया दिएका थिएनन् । उनले आफ्नो भ्रमण सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए ।
यस अघि पूर्व राजा ज्ञानेन्द्र मन्दिर दर्शनका लागि दिउँसो ३ बजे दमौली आउँदा दमौलीको मुख्य चोकमा स्वागत समारोह समितिका संयोजक गोपाल खनाल, शाहीकालका मन्त्री दुर्गा श्रेष्ठ लगायत सर्वसाधारणले फूलगुच्छाले स्वागत गरेका थिए । उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । पूर्वराजाको स्वागतका लागि दमौलीको मुख्य चोकदेखि अनसनचोकसम्म सर्वसाधारणको भीड लागेको थियो । पूर्वराजाको भ्रमणमा शिवसेनाले पोखरादेखि स्कटिङ गरेको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com