रोल्पा, असोज ८ । एकल महिलाका सामाजिक समस्या समाधानका लागि सरोकारवाला निकायको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आज रोल्पा लिवाङमा समपन्न भएको छ । महिला शक्ति विकास केन्द« नेपाल काठमाडौं र मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द« हरप्लेस रोल्पाको सहयोग तथा मानव अधिकारको लागि एकल महिला समुह रोल्पाको आयोजनामा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रमका सहभागिहरुले एकल महिलाका सामाजिक समस्या समाधान गर्न राज्यले प्रभावकारी कानून बनाउनु पर्ने बताएका छन् । एकल महिलाहरुले जब सम्म कानूनी अधिकार प्राप्त गर्न सक्दैनन् तब सम्म सामाजिक समस्या भोग्नु पर्ने भएकोले राज्यले कानूनमै एकल महिलाको अधिकार स्थिापित गर्नु पर्ने विषयमा जोड दिएका हुन ।
कार्यक्रममा एकल महिलाहरुले सामाजिक समस्याले सबै भन्दा बढी पीडा दिएको गुनासो गरेका छन् । अन्य महिला सरह समाजमा विभेद रहिद बातावरणमा बाँच्न पाउने मानव अधिकारको शुनिश्चित राज्यले गर्नु पर्ने एकल महिलाहरुले माग गरेका छन् । एकल महिलाका सामाजिक समस्या समाधानका लागि सामाजिक स्तरमा सचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्ने सरोकावाला निकायले बताएका छन् ।
५५ जना सहभागि रहेको कार्यक्रममा मध्यपश्चिमाञ्चल बी.बी.सीं संवाददाता नेत्र के.सी., एकिकृत नेकपा माओवादीका सह ईन्चार्ज राजकुमार कक्षपती, नेपाली काँगे्रसका जिल्ला सदस्य विश्व कुमार चन्द«, नेपाल परिवार दलका जिल्ला सदस्य खिम बहमदुर पुन, नेपाल पत्रकार महासंघ रोल्पाका सभापती मौसम रोका, स्थानीय शान्ति समिति रोल्पाका ईश्वरी जि.एम, मानव अधिकार सचेतन केन्द« हुरेकका अध्यक्ष घनश्याम आर्चाय, जिल्ला बालकल्याण समिति अधिकृत गोकर्ण पुन, एकल महिला बाशु श्रेष्ठ, सुन कुमारी बाठा मगर लगायतका बक्तहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा देविदत्त गण रोल्पाका प्रमुख सेनानी उन्नत राणा,प्रहरी निरिक्षक राजकुमार श्रेष्ठ,लिवाङ गाविस सचिब कमान सिंह थापा मगर,एविसी टेलिभिजन नेपागंजका शरण कर्माचार्य,नागरिक दैनिक दाङका गजेन्द« बोहरा,इमेज च्यानल नेपालगंजका नरेन्द« थापा र कान्तिपर टेलिभिजनका सृजना आचार्यको सहभागिता रहेको थियो ।
मानव अधिकारको लागि एकल महिला समुह रोल्पाका अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामाजिक पसरचालक सविता बुढा मगरले गर्नु भएको थियो भने कार्यक्रमको संचालन हरप्लेस रोल्पाका धनराज वि.क.ले गर्नु भएको थियो ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com