रोल्पा, भदौ ३० । रोल्पाको वागेश्वरी निमावि भावाङ्को विद्यालयमा तीन दिनदेखि फैलिएको भाईरल इन्फ्लूएन्जा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर बोम बिसीको नेतृत्वमा आएको टोलीले अनुसन्धान तथा चेकजाँच गरी उपचात्मक तथा परामर्श सेवा उपलब्ध गराएपछि रोग नियन्त्रणमा आएको हो । विद्यार्थीहरुलाई अत्याधिक ज्वरो आउने, मुर्छा पर्ने, खोकी लाग्ने, रिङ्गटा लगेर लाइनमै ढल्ने समस्या देखिएपछि विद्यालय नै बन्द गरिएको थियो ।समयमै उपस्वास्थ्य चौकी भावाङमा खबर पुगेपछि निमित्त उपस्वास्थ्य चौकी प्रमुुख आसोक विकसहितको स्वास्थकर्मीको टोली पुगेर प्रथमिक उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएपनि रोग नियन्त्रण भन्दा बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाबाट आवश्यक औषधी तथा स्वास्थ्यकर्मीको टोली पुुगेपछि रोग पुर्ण रुपमा निणन्त्रण्मा आएको छ । विरामीहरुलाई पहिलो, दोस्रो, तेस्रोचरण गरि तीन दिनसम्म १ सय ८१ जना विद्यार्थीलाई उपचार गरिएको थियो । साथै अन्य ८० जनाको पनि उपचार गरिएको डाक्टर बिसीले बताउनुभयो ।
Saturday, 15 September 2012
भाबाङमा फैलिएको भाईरल इन्फ्लूएन्जा नियन्त्रणमा
भाबाङमा फैलिएको भाईरल इन्फ्लूएन्जा नियन्त्रणमा
Radio Jaljala FM
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to our newsletter
(Get fresh updates in your inbox. Unsubscribe at anytime)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
radijaljalanews@gmail.com