Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 15 September 2012

जुम्लाको स्याउ बजारमा भित्रिएपछि उपभोक्ता सस्तोमा पाउन थाले

जुम्लाको स्याउ बजारमा भित्रिएपछि उपभोक्ता सस्तोमा पाउन थाले

बाँके, भदौ ३० । भारतीय स्याउ महंगोमा किन्न बाध्य उपभोक्ताहरु जुम्लाको स्याउ बजारमा भित्रिएपछि आधा सस्तोमा पाउन थालेका छन् । एकहप्ता अघिसम्म प्रतिकिलो १५०  रुपैयासम्म भारतीय स्याउ किन्दै आएका उपभोक्ताहरु अहिले जुम्लाको स्याउ प्रतिकिलो ८० रुपैयामा पाउन थालेका छन् । कोहलपुरका फलफुल व्यवसायी धुव्र अधिकारीका अनुसार भारतीय स्याउको मूल्य एक सय ४० रुपैयादेखि १५० प्रतिकिलो छ,  भने जुम्लाको स्याउको मुल्य ७० रुपैया प्रतिकिलोमा पाईन्छ । अधिकारीका अनुसार एकसाता देखि बाके जिल्लामा जुम्लाको स्याउ भित्रिएको हो । स्वेदेशी  जुम्लाको स्याउ बजारमा सस्तोमा पाउन थालेपछि भारतीय स्याउको ब्यापार घटेको  छ । जुम्लाको स्याउ भित्रिएपछि मंहगो किन्नुपर्ने बाध्यता पनि टरेको छ ।  कोहलपुरकी फलफुल व्यवसायी सावित्री भण्डारी भन्नुहुन्छ अहिले जुम्लाको स्याउ  सस्तो र खानलाई स्वादिलो हुदा व्यापार राम्रो छ । भारतीय स्याउ १४० रुपैया प्रतिकिलो विक्री गर्दै आउनुभएकी भण्डारी अहिले जुम्लाको स्याउ प्रतिकिलो ८०  रुपैया सम्म बिक्री गर्नुहुन्छ । जुम्लाको स्याउ भित्रिएपछि अहिले फलफुल विक्रेताका ठेला र पसलमा जुम्लाको स्याउन प्रसस्त विक्रिमा राखेको देखिन्छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com