जुम्ला, भदौ ३० । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कर्णालीको समग्र विकासका लागि प्रभावकारी योजनाहरू ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । आज साढे ४ बजे जुम्ला पुग्नुभएका प्रधानमन्त्री भट्टराईले सरकारी कर्मचारीहरूसँगको छलफलमा कर्णाली क्षेत्रमा आकर्षक विकासका कार्यक्रम भएपनि निरन्तरता नपाएकोले अब त्यसलाई निरन्तरता दिन पहल गरिने बताउनुभयो । उहाँले कर्णाली विकास आयोग तत्काल गठन गरी त्यसको कार्यालय जुम्लामै स्थापना गरिने, कर्णाली राजमार्गलाई कालोपत्रे गरी स्तरवृद्धि गरिने पनि बताउनुभयो । प्रधानमन्त्रीले कर्मचारीहरूलाई जनताको सेवामा मन लगाएर काम गर्न पनि निर्देशन दिनुभयो । कर्णालीबासीको तर्फबाट तयार पारिएको मागपत्र जुम्लाका प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्माले प्रधानमन्त्रीलाई पेश गर्नुभएको थियो । प्रधानमन्त्री भट्टराई आज जनयुद्धका सहिद परिवार मानसिंह सार्कीको घरमा बास बस्ने कार्यक्रम छ ।
Saturday, 15 September 2012
कर्णालीको समग्रका विकास लागि कार्यक्रम ल्याउने प्रधानमन्त्रीको घोषणा
कर्णालीको समग्रका विकास लागि कार्यक्रम ल्याउने प्रधानमन्त्रीको घोषणा
Radio Jaljala FM
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to our newsletter
(Get fresh updates in your inbox. Unsubscribe at anytime)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
radijaljalanews@gmail.com