Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 11 September 2012

गणतन्त्रवादी नेता रामराजाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने केहीबेरमा मन्त्रिपरिषद बैठक बस्दै

गणतन्त्रवादी नेता रामराजाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने केहीबेरमा मन्त्रिपरिषद बैठक बस्दै




२७ भदौ, काठमाण्डौं । गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । सिकिस्त विरामी भएपछि गत भदौ १७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनभएका सिंहको आज विहान ६ बजे निधन भएको उहाँ निकटका सहयोगी कुमार पौडेलले जानकारी दिनुभयो ।
कम्मरमुनिको भाग नचल्ने, ढाड दुख्ने, स्मरण शक्ति हराउने लगायतका रोगबाट पीडित हुनभएका ७७ बषिर्य सिंहलाईलाई मंगलबार संघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भईरहेको थियो ।
सिंहको निधन लगत्तै  प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार हुने भएको । जसका लागी अहिले केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
रामराजा नेपालको पहिलो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा माओवादीका तर्फबाट उमेद्दार बन्नुभएको थियो । नेपालमा गणतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्नुभएको नेता रामराजाले नेपालमा गणतन्त्र स्थापनाको माग गर्दै विं सं. २०४२ सालमा नारायणहिटी दरबार अगाडी, सिंहदरबार परिसर तथा देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुभएको थियो । त्यसपछि तत्कालीन पञ्चायती शासकहरुले उहाँलाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको समस्याबाट पीडित उहाँ विगत एक बर्षदेखि घरमै औषधि सेवा गरेर बसिरहनुभएको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com