रोल्पा, भदौ २६
एकिकृत नेकपा माओबादीका संगठन बिभाग प्रमुख कृष्ण बहादुर महराले आफुहरु पहिचान सहितको संघियता, संघियता सहितको संबिधान र संबिधानसभाबाटै संबिधान जारी गर्ने कुरामा सम्झौता गर्न नसक्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा उद्घाटन गर्दै महराले सो कुरा बताउनुभएको हो । उहाँले अहिले संघियताको बिषयलाई बिभिन्न दल र नेतहरुले आफु चुनावमा जित्ने वा हार्ने भन्ने कुराको आधारमा तर्क गर्ने गरेको आरोप लगाउनुभयो ।
दिगो शान्तिका लागी जनतालाई अधिकार दिनु अनिबार्य रहेको बताउदै उहाँले जनतालाई अधिकार नदिईएमा भविश्यमा कुनै पनि संगठनले फेरी हतियार उठाउन सक्ने बताउनुभयो ।
आफुहरु आफ्नो सिद्धान्तमा अडिग रहेको दावि गर्दै उहाँले अहिले सम्मको राजनितिक उपलव्धीलाई संस्थागत गरेर थप उपलव्धीका लागी संघर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजनितिक परिवर्तन बिना पत्रकारीता लगाएत समाजका अन्य पक्ष परिवर्तन नहुने भन्दै पत्रकारहरुले दल वा गुटको नभई राष्ट्र निर्माणको मिसनमा लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओबादीका जिल्ला ईन्चार्ज ईन्द्रजीत थारुले राजनितिक बिकृतिको असर पत्रकारीतामा पनि पर्ने भएकोले राजनिति सुधार्नका लागी पत्रकारीता जगत लाग्नु पर्ने बताउनु भयो । उहाँले बिदेशी लगानीबाट मिडिया जगत पनि अछुतो नरहेको बताउदै पत्रकारहरुले दशलाई निकास दिने उद्देश्यका साथ लेख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक गोविन्द आचार्यले देशको पछिल्लो राजनितिक परिवर्तनको एजेण्डा सवैभन्दा पहिले क्रान्तिकारी पत्रकारहरुले उठाएको दावि गर्दै गणतन्त्र, संबिधानसभा जस्ता परिवर्तनका लागी २४ जना पत्रकार शहिद बन्नुपरेको बताउनुभयो ।
त्यसैगरी, प्रेस काउन्सीलका अध्यक्ष नारायण प्रसाद शर्माले मिडियालाई प्रेस काउन्सीलले नभई भुमण्डलीकरणका नेपाली एजेन्टले चलाएको आरोप लगाउनुभयो ।
सम्मेलन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष के एल पिडित, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य पुरण शर्मा, एकिकृत नेकपा माओबादी दाङका जनबर्गीय संगठन ईन्चार्ज लुमाकान्त न्यौपाने, नागरिक समाजका संयोजक टीकाराम रेग्मी, पत्रकार महासंघका सल्लाहकार प्रताप रेग्मी, राप्ति साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल लगाएत करिव डेढ दर्जन बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघको सम्मेलन अन्तरगत अहिले बन्दसत्र चलिरहेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com