रोल्पा, भदौ २६
राप्ति लोक मार्ग अन्तरगत सल्यानको बाङेलाखुरी सिमखोली सडक खण्ड अबरुद्ध भएको छ । बिगत २ दिन देखि लगातार पानि परेपछि सल्यान रुकुम जोडने सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएपछि यात्रुहरु बिचबाटौ मै अलपत्र परेका छन् ।
आज बिहान सम्म यातायात सुचारु भएपनि दिउसो देखि पूर्णरुपमा अबरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका हुन् । ठाउँ ठाउँमा सडक चिरा चिरा पर्ने र पहिरो लडेर सडक अबरुद्ध भएपछि गन्तब्यमा पुग्ने यात्रुहरु बिचबाटो मै अलपत्र परेको पत्रकार समिर श्रीले जानकारी दिनु भएको छ ।
बर्षायाम संगै पहाडी भेगमा बनेका यातायात बारम्बार अबरुद्ध हुदा यात्रुहरुले सास्ती खेप्नु पर्ने बाध्यता छ । अत्य आवश्यक कामको लागि गन्तब्य तिर हिडेका यात्रुहरु बारम्बार बिचबाटौ मै अलपत्र पर्नु पर्ने बाध्यता यथावत रहेको छ ।
सडको स्तर उन्नतीका लागि सडक विभागले पनि वास्ता नगरेको स्थानियहरुको गुनासो छ । खडक निर्माण गर्दा पनि दिर्घकालिन महत्व राख्ने योजना नबन्दा यस्तो सस्ती खेप्नु परको उनिहरुको गुनासो छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com