२१ भदौ, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आतंकारीको सूचीबाट हटाएको छ । अमेरिकाको स्टेट डिर्पाटमेन्टका प्रवक्ताले बिहीवार जारि गरेको बिज्ञप्तिमा नेपालको माओवादीलाई आजै सूचीबाट हटाएको बताइएको छ । सूचीबाछ हटाएपछि माओवादी पार्टी र त्यससँग सम्बन्धित संस्थाहरुको अमेरिकामा रहेको सम्पत्ति खुला हुने र माओवादीलाई सहयोग गर्न चाहाने अन्तराष्ट्रिय संस्थालाई बाटो खुला हुने बताइएको छ । बिज्ञप्तिमा भनिएको छ- माओवादी पार्टीका गतिबिधिको सुक्ष्म समिक्षापछि उ आतंककारी गतिबिधिमा संलग्न नरहेको र उसका गतिबिधिले अमेरिकाको सुरक्षामा कुनै हानी नपुर्याउने टुंगोमा पुग्यौं ।’  माओवादीले पछिल्लो दिनमा निर्वाचित सरकारको नेतृत्व गरिरहेको, हतियार त्यागेको र शान्ति र मेलमिलापका लागि बिश्वासयोग्य ढंगले काम गरेका कारण अमेरिका माओवादीप्रति बिश्वस्त भएको अमेरिकाले जनाएको छ । ‘सूचीबाट हटाउनुको अर्थ माओवादीले बिगतमा गरेका हिंसात्मक गतिबिधिलाई पुरै बिर्सिएको भन्ने हैन’- बिज्ञप्तिमा भनिएको छ-’शान्ति प्रकृयाप्रतिको उसको निरन्तर प्रतिबद्धता र सहभागिताका लागि प्रोत्साहन गरिएको हो ।’ पछिल्लो निर्णयबाट कुनै पनि संस्था सधैंका लागि अमेरिकाको आतंककारी सूचीमा रहँदैन, उसका गतिबिधिमाथि निरन्तरको निगरानी र ती संस्थाको शान्ति र मेलमिलापप्रतिको प्रतिबद्धतापछि हटन सक्छन भन्ने सन्देश दिएको बिज्ञप्तिमा उल्लेख छ । ढिलै भएपनि राजनीतिक शक्ति मान्योः माओवादी यो निर्णयपछि माओवादीका तर्फबाट आधिकारिक प्रतिक्रिया जनाउँदै पूर्व बिदेश बिभाग प्रमुख कृष्णबहादुर महराले भन्नुभयो-’हामीलाई अमेरिकाले राजनीतिक शक्तिका रुपमा स्वीकार्नु स्वागतयोग्य र खुसीको कुरा हो ।’ माओवादी पहिले पनि आतंककारी नभई राजनीतिक शक्ति नै भएको भन्दै महराले अमेरिकाले अहिले आएर त्यो कुरा स्वीकारेको वताउनुभयो । सूचीबाट हटाएपछि अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्न र बिशेष गरि अमेरिकासँगको सम्बन्ध सुधारका लागि सजिलो हुने महराले बिश्वास ब्यक्त गर्नुभयो । शसस्त्र युद्धका बेला माओवादीले अमेरिकी दूतावासका सुरक्षागार्डको हत्या गरेपछि अमेरिकाले माओवादीले सन् २००४ देखि आतंककारी सूचीमा राखेको थियो । शान्ति प्रकृयामा आएपछि माओवादीले त्यस्तो सूचीबाट हटाउन अमेरिकी अधिकारीहरुसमक्ष लविङ गर्दै आएको थियो । पछिल्लो समयमा अमेरिकाले सूचीबाट हटाउने बिषयमा सकारात्मक प्रतिक्रिया दिएपनि माओवादीका गतिबिधि नियालिरहेको बताएको थियो । |
No comments:
Post a Comment
radijaljalanews@gmail.com