Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Thursday, 6 September 2012

काठमाण्डौका सम्पदा विश्व सम्पदा सूचीबाट हट्ने ?

काठमाण्डौका सम्पदा विश्व सम्पदा सूचीबाट हट्ने ?


२२ भदौ, काठमाण्डौं । युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाण्डौंका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र हुँदै अनधिकृत रुपमा तिलगंगा-ताम्रगंगा सडक विस्तार गरेको भन्दै यस्तो चेतावनी दिएको हो । २०११ मा युनेस्कोको मिसनले २०१३ फेब्रुअरीसम्म बाटो बन्द गर्न सचेत गराएको थियो । तोकिएको समयसीमा सकिन अव चार महिनामात्र बाँकी छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले निर्देशन नमाने २०१३ को जुनमा हुने युनस्कोको ३७ औ बैठकले नेपाललाई खतराको सूचीमा राख्ने सम्भावना छ ।
उनले भने-’दुईपटकसम्म खतराको सूचीमा परेको राष्ट्रलाई युनेस्कोले चाहेमा विश्व सम्पदा सूचीबाट सँधैका लागि हटाउन सक्छ ।’ पशुपति स्मारक क्षेत्र भित्र स्लेश्मान्तक वनलाई समेत दुईभागमा विभाजन गरी पुरातत्व विभाग र पशुपति विकास कोषको स्वीकृति बिना बाटो खोलिएको छ ।
युनेस्कोले उक्त बाटो बन्द गर्न पाँच बर्षदेखि पटक पटक चेतावनी दिएपनि अझै कार्यान्वयन भएको छैन् । उक्त बाटो बन्द नगरे पशुपति क्षेत्रमात्रै नभई उपत्यका सातवटा सम्पदा खतराको सूचीमा पर्ने उनले बताए ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com