Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Friday, 7 September 2012

बुद्धको तस्वीर राखिएको जुत्ता नेपालमा बेच्न नपाइने

बुद्धको तस्वीर राखिएको जुत्ता नेपालमा बेच्न नपाइने

२२ भदौ, काठमाडौं । सरकारले गौतम बुद्धको तस्वीर राखिएको अमेरिकन कम्पनीको जुत्ता नेपालमा विक्रि वितरणमा रोक लगाउने भएको छ ।
सत्तारुढ दलसम्वद्ध विद्यार्थीहरुसँग शुक्रबार भएको भेटमा प्रधामन्त्री डा. बाबुराम भट्टराईले उक्त जुत्ता नेपालमा वित्रिल वितरण गर्न रोक लगाउनु बताउनु भयो । उहाँले बुद्धको तस्वीर जुत्तामा राखेकोमा सरकारले विरोध गर्ने र हटाउन कूटनीतिक पहल गर्ने आश्वासन समेत दिनु भएको छ ।
बालुवाटारमा भएको भेटमा विद्यार्थीहरुले भने वुद्धको तस्वीर जुत्तामा राख्नु नेपाल र नेपाली जनताको अपमान भएको भन्दै सरकारले आधिकारिक धारणासहित सम्वन्धित देशलाई यस्तो कार्य रोक्न र र नेपालमा उक्त जुत्ताको विक्रीवितरणमा रोक लगाउन माग गरेको थिए । अमेरिकन कम्पनी आइकन शु डिजाइनले जुत्तामा बुद्धको तस्वीर राखेको छ ।
भेटमा विद्यार्थी नेताहरुले मनोरञ्जनको नाममा अश्लिल नेपाली चलत्रित्र उत्पादन भइरहेको भन्दै त्यस्ता चलचित्र उत्पादन, प्रदर्शन र प्रचारमा रोक लगाउन समेत माग गरका छन् । जवाफमा प्रधानमन्त्री भट्टराईले यसबारे आफू गम्भीर रहेको भन्दै चलचित्रका अश्लिल पोष्टरहरु तत्काल हटाउन लगाउने आश्वासन दिनु भएको छ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com